असाेज। ८
रबिन्द्र बराल

मोरङको रङ्गेली नगरपालिका वडा नम्बर २ स्थित दिनाटोलमा बिगत बर्षेदेखि १ कठ्ठा जग्गामा बसोबास गर्दै आइरहेका भविचन्द साह मृत्युु भए पछि उनको घरमा अहिले शाेकाकुल अवस्थामा रहेको छ ।
करेन्ट लागेर मृत्यु भएपछि अहिले उनको घरमा काजक्रिया गर्न समेत आर्थिक नहुदा श्रीमानकाे काजकिरिया गर्ने निकै समस्या रहेको अमृता साहले बताएकी छन्। उनको ससाना ३ छाेरा खेमराज, महेश र गोपाल समेत रहेकाे र अबका दिनहरुमा छाेरा हरुलाई कसरी हुर्काउनु भन्दै बिलाैना समेत गरिरहेकी छन्।

भविचन्दकाे बुबा बच्चो साह र आमा घुर्ने देवी साह समेत विगत १५ वर्षदेखि शारीरिक रूपमा अशक्त रहेको र उनको कान्छाे छाेरा प्रल्लाहद साहले घर जाेह गर्नेका लागि दैनिकी ज्यालादारी गरेर सात परिवारलाई पालनपोषण गर्ने बाध्य रहेका छन ।
असाेज १ गते घरमा काम गरिरहेकाे समयमा टिनकाे छानाेमा एक्कासि उनको हात परेपछि उनलाई करेन्ट लागेर मृत्युु भएको उनकाे श्रीमती अमृता ले बताईन। श्रीमानकाे काजकिरिया गर्ने समेत आर्थिक रकम हुदा हिन्दु परम्परा अनुसार समेत काजकिरिया गर्ने नसकेको उनलेे दुखाेसाे पाेखेकिछन । अहिले घरमा दुई छाक टार्ने समेत मुस्किल परिरहेको अवस्था श्रीमानकाे मृत्युु पछि झनै समस्या परेको उनलेे बताएईन । आर्थिक अभावका कारण काजकिरिया गर्ने नसकेपछि उनलेे सबै मनकारीहरुलाई सहयोगकाे लागि अपिल समेत गरेकि छन । सहयोगी मनकारीहरुले उक्त परिवारकाे पिडामा केही सहयोग गरिदिनुहुन समेत अनुरोध गर्देछाै ।