कानेपोखरी, असोज २९ ।

कानेपोखरीमा जारी फुटबल प्रतियोगिताको पहिलो खेलहरू समापन भएका छन्। पहिलो खेलमा कानेपोखरी एफसीले ताण्डी एफसीलाई ५–२ ले पराजित गरेको छ।
कानेपोखरी एफसीका तर्फबाट जर्सी नं. ११ का मिक्सन दासले ह्याट्रिक गर्दै ३ गोल गरे भने जर्सी नं. १७ का प्रशान्त प्रधान र जर्सी नं. १० का करण राईले तिन–तिन गोल जोडे।
त्यस्तै, ताण्डी एफसीका लागि जर्सी नं. ११ का प्रमोद नेपाली र जर्सी नं. १९ का पदम मगरले एक–एक गोल फर्काए।

उक्त खेलको म्यान अफ द म्याच कानेपोखरी एफसीका ह्याट्रिककर्ता मिक्सन दास घोषित भए।
त्यसैगरी, दोस्रो खेलमा जुरा एफसीले आयोजक नवा प्रतिभा युवा क्लबलाई ४–० ले पराजित गरेको छ।
जुरा एफसीका जर्सी नं. ७ का आशेष मगरले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका थिए र उनी नै म्यान अफ द म्याच घोषित भए।प्रतियोगिताको दोस्रो चरणका खेलहरू असोज २९देखि सुरु हुने आयोजक सचिव सुमन थाेक्लेन लिम्वुले जनाएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार १ सय ११ रुपैयाँ र दोश्रो पुरस्कार ३० हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र रहेको सचिव लिम्बूले जनाए ।