
उपाध्यक्षमा हस्तशोभा राई, अनिल कुमार ठाकुर र विष्णु कुमार लावती गरी तीन जना निर्वाचित भएका छन्। त्यसैगरी, मुख्य सचिवमा माघनश्याम कट्वाल, सचिवहरूमा आइत चेम्जोङ, मनोज यादव, दीपेन्द्र रुम्दाली राई निर्विरोध निर्वाचित भएका छन्।

कोषाध्यक्षमा केशव जबेगू लिम्बू निर्विरोध चयन भएका छन् भने सदस्यहरूमा सेविका मण्डल, सूर्यनारायण यादवसहित ४८ सदस्यीय समिति गठन भएको जसपा नेपालका केन्द्रीय सदस्य कमन देवानले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक रहेको बताउनुभयो। उहाँले विज्ञहरूको सहभागितामा सरकार गठन भए मात्र देशमा शान्ति र सुशासन कायम हुन सक्ने धारणा राख्नुभयो।
अध्यक्ष यादवले हालको संसदीय प्रणाली परिवर्तन गरी संविधान पुनर्लेखनको आवश्यकता रहेको उल्लेख गर्दै वर्तमान सात प्रदेशीय संरचना पर्याप्त नभई दश प्रदेशीय संरचना उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सह-अध्यक्ष रकम चेम्जोङ, केन्द्रीय सचिव राजकुमार राई, केन्द्रीय सदस्यहरू जयराम यादव, सञ्जय सिंह, मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवलगायत नेताहरूले पनि मन्तव्य व्यक्त गरेका थिए।