कानेपाेखरी। २८।असाेज ।
गाेविन्द दाहाल

नव स्पोर्टिङ्ग युथ क्लबको आयोजनामा ‘प्रथम पच्चीस बिघे कप–२०८२’ फुटबल प्रतियोगिता यहि २०८२ असोज २९ गतेदेखि कात्तिक ५ गतेसम्म भव्य रूपमा सञ्चालन हुने भएको छ।

क्लबका अनुसार सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित फुटबल क्लबहरूले सहभागिता जनाउने छन्। प्रतियोगिताको माध्यमबाट स्थानीय खेलकुदको विकास, खेलप्रेमी युवामा एकता र अनुशासन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताइएको छ।

आयोजक नव स्पोर्टिङ्ग युथ क्लबले सम्पूर्ण फुटबलप्रेमी, दर्शक तथा स्थानीय महानुभावहरूलाई उपस्थित भई खेलको शोभा बढाई प्रतियोगितालाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।
साथै, प्रतियोगितालाई सफल बनाउन सहयोग पुर्याइरहेका सम्पूर्ण सहयोगी महानुभावहरू, संस्थाहरू र व्यक्तिहरूलाई क्लबले विशेष धन्यवाद ज्ञापन गरेको छ।

क्लबले आगामी दिनहरूमा पनि समुदायको साथ, समर्थन र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै प्रतियोगितामा सहभागी सबै क्लबहरूलाई अग्रिम शुभकामना समेत दिएको छ।