'हरकपुरमा जारी दोश्रो संस्करण खुल्ला नकआउट फुटबल प्रतियोगितामा किर्तिपुर र शिवालय फुटबल क्लब बिजयी ।थारू पाेर्टल'

October 14, 2025

विज्ञापन
No data was found

 कानेपोखरी।२८ असोज,  ।

माेरङकाे  कानेपोखरी–३  हरकपुरमा जारी दोश्रो संस्करण खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन किर्तिपुर फुटबल क्लब र शिवालय फुटबल क्लब बिजयी भएका छन् ।

सोमबार भएको पहिलो खेलमा ड्रिम स्पोष्र्ट क्लबलाई ३ गोलको विरुद्ध ४ गोल गर्दै किर्तिपुर फुटबल क्लब बिजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन् । खेल अवधिभर १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको छिनोफानो टाईब्रेकरले गरेको थियो ।

 

खेलको म्यान अफ दि म्याच किर्तिपुरका दावा लामा घोषित भए । उनले पुरस्कार स्वरुप ५५० रुपैया पाएका थिए । म्यान अफ दि म्याचको पुरस्कार वडा नं. ३ का वडा सदस्य डिल्लीमान गिरीले प्रदान गरेका थिए ।

त्यस्तै दोस्रो चरणको खेल शिवालय फुटबल क्लबले जितेको छ । खेलमा शुक्रबारे फुटबल क्लबलाई शुन्यको विरुद्ध १ गोलको अन्तरले हराउँर्दै शिवालय फुटबल क्लब दोस्रो चरणमा प्रवेश गरेको हो । शिवालयको तर्फबाट करण थापाले निर्णाय गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच शिवालय फुटबल क्लबका करण थापा नै घोषित भए । उनले पनि ५५० पुरस्कार स्वरुप पाएका थिए । म्यान अफ दि म्याचको पुरस्कार विशाल मगरले प्रदान गरेका थिए ।

प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार १ सय ११ रुपैयाँ र दोश्रो पुरस्कार ३० हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र रहेको सचिव लिम्बूले जनाए ।

आजको पहिलो खेल कानेपोखरी फुटबल क्लब र टान्डी फुटबल क्लब बीच हुने र दोस्रो जुरा फुटबल क्लब र नव प्रतिभा युवा क्लब आयोजक बीच हुने भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.