'कानेपोखरी ३ मा रहेकाे नव प्रतिभा फुटबल प्रतियोगितामा कानेपोखरी फाइनलमा प्रवेश ।थारू पाेर्टल'

October 16, 2025

विज्ञापन
No data was found

कानेपोखरी, असोज ३० ।

मोरङ, कानेपोखरी– ३ हरकपुरमा जारी दोश्रो संस्करण खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलबाट कानेपोखरी एफसी फाइनलमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको ९ औं मिनेटमा कानेपोखरीको लागि ११ नम्बर जर्सीका मिक्सन दासले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । क्रस पासलाई सदुपयोग गर्दै दासले हेडिङ मार्फत उत्कृष्ट गोल गरेका हुन ।

 

पहिलो हाफ १-० गोल अन्तरमा समाप्त भयो । त्यसैगरी, खेलको दोश्रो हाफ सुरु भएको ९ औं मिनेट पुनः कानेपोखरीका लागि मिक्सन दासले एकल ड्रीब्लिङ गर्दै बल अघि बढाएर दोश्रो गोल गरे । त्यसको २ मिनेट बित्न नपाउँदै खेलको ११ औं मिनेटमा किर्तिपूरका लागि क्रस पासको भरपूर सदुपयोग गर्दै १२ नम्बर जर्सिका सम्योग गौतमले जवाफी गोल फर्काउदै खेललाई २-१ मा ल्याए ।

तर, दुवै टिमबाट आक्रामक खेल चलिरहँदा अतिरिक्त समयमा किर्तिपूरका गोलकिप्पर अगाडि बढेको मौकालाई फाइदामा सावित गर्दै लग प्रहारबाट कानेपोखरीका लागि पुनः तेश्रो गोल मिक्सन दासले गरे । योसँगै  मिक्सन दासको ह्याटि्रक गोल मार्फत कानेपोखरी एफसी ३-१ गोल गर्दै किर्तिपूर एफसीलाई पराजित गर्यो । खेल अवधिभर किर्तिपूर एफसीले केही सुनौलो अवसरहरु प्राप्त गरेपनि गोल गर्न भने सकेन ।  खेलको म्यान अफ दि म्यान कानेपोखरी एफसीका ह्याटि्रक गोलकर्ता मिक्सन दास घोषित भए ।

भोलीको दोश्रो सेमिफाइनलको खेल शिवालय एफसी र जुरा एफसी बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार १ सय ११ रुपैयाँ र दोश्रो पुरस्कार ३० हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र रहेको सचिव लिम्बूले जनाए । खेल अवधीभरिबाट समापनको दिन सर्वोउत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, राइजिङ प्लेयर जस्ता विद्यागत पुरस्कार गरिने आयोजकले बताए । प्रतियोगितामा हिमाल युनाइटेड एफसी, किराँत एफसी, बेलबारी ८ एफसी, जहदा एफसी, किर्तिपुर एफसी, ड्रीम्स स्पोट्र्स एफसी, शुक्रबारे एफसी, शिवालय एफसी, कानेपोखरी एफसी, टाँडी स्पोट्र्स एफसी, जुरा एफसी र नव प्रतिभा युवा क्लब गरि १२ टिमको सहभागीता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.