कानेपोखरी, असोज ३०

नव प्रतिभा युवा कल्वकाे आयाेजनामा कानेपोखरी ३ माजारी फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न क्वाटरफाइनलका दुई खेलमा किर्तिपुर एफसी र शिवालय एफसी विजयी भएका छन्।
पहिलो क्वाटरफाइनल खेलमा हिमाल युनाइटेड एफसी र किर्तिपुर एफसीबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो। हिमाल तर्फबाट जर्सी नं. १२ आस्मिन राईले एक गोल गरेका थिए भने किर्तिपुर तर्फबाट जर्सी नं. ८ पवन राईले गोल फर्काएका थिए।निर्णायक टाइ–ब्रेकरमा किर्तिपुर एफसीले हिमाल युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलकाे यात्रा तय गरेको छ।

टाइ–ब्रेकरमा हिमालका आस्मिन राई र सबिन राईले गोल गरेका थिए भने तारा श्रेष्ठ र समिर बी.के.ले मौका गुमाए।किर्तिपुरकाे तर्फबाट पूर्ण मगर, विशाल राई र संयोग लिम्बुले तीनै पेनाल्टी सफलतापूर्वक गोलमा परिणत गरेका थिए।
त्यसैगरी दोस्रो खेलमा शिवालय एफसीले जहदा एफसीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।शिवालयकाे तर्फबाट पहिलो गोल रोशन आचार्य, दोस्रो गोल बुद्ध तामाङ कार्ड पाए तेस्रो गोल सौर्य राउतले गरेका थिए।जहदा एफसीका तर्फबाट एक मात्र सान्त्वना गोल सञ्जय लिम्बुले गरे भने डेनिम राईले खेलमा कार्ड पाएका थिए।