असाेज।३१ शुक्रबार
रबिन्द्र बराल
हिन्दु धर्मावालाम्वीहरुको महान पर्व रुपकाे रुपमा तिहार नजिकीदै जाँदा तराईमा बसाेबासगर्ने कुमाले जातिहरु लाई तिहारकाे लक्ष्मीपुजा र छट पर्वका लागि चाहिने दियौं ,कलश, पाला, ढक्ना लगायतकाे सामग्री बनाउन व्यस्तहुन थालेका छन ।
तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको आराधनाहुने भएकोले त्यस दिन माटाको दियाे शुद्ध हुने भएकाले माटाेकाे दियाेमा बत्ती बाल्ने चलन समेत रहेको छ । अहिले रंगेली नगरपालिका स्थित आमगाछीकाे साेमबारे टाेल र सुनवर्सि स्थित कदमगाछिका कुमाले परिवारहरु सबै सदस्य हरु हस्तकला का सामाग्री बनाउन ब्यस्त हुन थालेका छन ।

उनीहरुले चिम्टाईलाे माटो बाट दियाे, घैला ,काेसीया,कुहा,मटकुरी,खुत्रुकेे,हात्ती, ढकना,दलिया लगायतका समाग्रीहरु बनाउन थालेका हुन । बिगत ३० बर्ष अगाडि यहि पेसा बाट आफुहरुलाई मनग्ये आम्दानीहुने गरेकाे भएता पनि पछिल्लो समयमा नेपाली बजारमा विभिन्न किसिमका इलाेट्राेनिकझिलिमिलीका बत्तिहरु बजारमा छ्यापछ्यापती आउन थालेपछि कुमालेहरुकाे पेशा संङ्कटमा पर्ने थालेकाे स्थानीय रमानन्द पंण्डित ले बताए । उनले भने पुर्खेउली पेशा भएको हुनाले आफुहरुले यस लाई जगेर्ना गरेकाे र माटोको काम गर्दे धेरै मेहनत र खर्चिलाे हुने समेत गरेको उनलेे बताए ।

माटोको भाडा बनाउदा सुरुमा भाडा बनाई सकेपछि दिन भरि घाममा सुकाउनु पर्ने र २४ घन्टा देखि ७२ घन्टा सम्म आगाेमा पकाउनु पर्ने गरेको रमानन्द पंन्डित ले बताए । उक्त सामग्रीहरु तयारी पारेर बिक्रीवितरणका लागि रंगेली ,कर्सिया, दाेहमाना, डाईनिया बजारमा बिक्री गर्ने गरेकाे बताए । रंगेली नगरपालिकाले आमगाछिका कुमाले समुदायहरुका लागि बिगत ३ बर्ष अगाडि माेटर जडित माटाेका सामग्री बनाउने मेसिन हस्तान्तरण गरेपछि अहिले उनिहरुले,साेह मेसिनकाे माध्यमबाट दियाे,धैला लगायतका सामग्री हरु बनाउदै आईरहेकाे र नगरपालिकाले नै उक्त सामाग्री निर्माणकार्यका लागि माटाे समेत खरिद गरेर आफुहरुलाई निकै राहत भएको स्थानीय लुख्नि देवी पंण्डितले बताईन ।

तर सुनवर्सि नगरपालिकामै रहेको आमगाछिका कुमाले परिवारहरुलाई अहिलेसम्म कुनै सहयोग नगरेकाे सुरेन्द्र पंण्डितले बताए । चुनाबकाे समयमा आफुहरुलाई सहयोग गर्ने भनिएता पनि अहिलेसम्म कुनै सामाग्रीहरु नदिएकाे शाेभा देवी पंण्डित ले बताईन ।