'जुरा एफसी फाइनलमा, शिवालय एफसीलाई टाइब्रेकरमा पछि पार्दै अघि बढ्यो ।थारू पाेर्टल'

October 17, 2025

विज्ञापन
No data was found

कानेपोखरी।असाेज।३१


कानेपोखरी–३ हरकपुरमा जारी नव प्रतिभा युवा क्लबद्वारा आयोजित दोस्रो संस्करणको खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा जुरा एफसी, बेलबारी फाइनलमा प्रवेश गरेको छ।

शुक्रबार सम्पन्न खेलमा जुराले शिवालय एफसी, कानेपोखरीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको हो।प्रतिस्पर्धात्मक खेलमा शिवालयका लागि पहिलो गोल सनम भुजेलले गर्दै टिमलाई अग्रता दिलाएका थिए। सो अग्रतालाई पछ्याउँदै जुराका बिक्रम धिमालले बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए।

निर्धारित समयसम्म दुवै टिमबाट उत्कृष्ट प्रयास भए पनि थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो।
टाइब्रेकरमा जुराका गोलरक्षक सन्तोष महत निर्णायक बनेका थिए। उनले खेलको म्यान अफ द म्याच पनि प्राप्त गरे।फाइनल खेल कात्तिक २ गते जुरा एफसी, बेलबारी र कानेपोखरी एफसी, कानेपोखरीबीच हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार रु. ५० हजार १ सय ११दोस्रो पुरस्कार रु. ३० हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको प्रतियोगिता सचिव लिम्बूले जानकारी दिए।

समापनका दिन प्रतियोगिताबाट सर्वोत्तम खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र राइजिङ प्लेयर जस्ता विद्यागत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यस प्रतियोगितामा हिमाल युनाइटेड एफसी, किराँत एफसी, बेलबारी–८ एफसी, जहदा एफसी, किर्तिपुर एफसी, ड्रीम्स स्पोर्ट्स एफसी, शुक्रबारे एफसी, शिवालय एफसी, कानेपोखरी एफसी, टाँडी स्पोर्ट्स एफसी, जुरा एफसी र नव प्रतिभा युवा क्लब गरी १२ टिमको सहभागिता रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.