'कानेपोखरी एफसीलाई टाइब्रेकरमा पराजित गर्दै जुरा एफसी, बेलबारीलाई उपाधि ।थारू पाेर्टल'

October 19, 2025

विज्ञापन
No data was found

कानेपोखरी, कार्तिक २ 


टाइब्रेकरमा ७–६ गोलको फरकसहित कानेपोखरी एफसीलाई हराउँदै जुरा एफसी, बेलबारीले नव प्रतिभा युवा क्लबद्वारा आयोजित दोस्रो संस्करण खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ।

आइतबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलको १८औं मिनेटमा जुरा एफसीका सञ्जय श्रेष्ठले बिक्रम धिमालको लङ क्रस सदुपयोग गर्दै गोल गर्दै अग्रता दिलाएका थिए। तर त्यसपछि ५ मिनेटमै कानेपोखरीका मिक्सन दासले प्रशान्त प्रधानको असिस्टबाट बराबरी गोल फर्काए।पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा दुवै पक्षबाट थप गोल हुन सकेन। त्यसक्रममा जुराका बिक्रम धिमाल र अजय श्रेष्ठले येलो कार्ड पाए भने कानेपोखरीका मिक्सन दासले तयार पारेको मौका प्रशान्त प्रधानले गोलमा परिणत गर्न सकेनन्।

अन्ततः खेलको निर्णय टाइब्रेकरमार्फत लिइँदा जुरा एफसी विजयी बन्यो।फाइनल खेलमा जुराका अजय श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए। पुरस्कारको प्रायोजन आयोजक क्लबका सल्लाहकार गणेश मादेनले गरेका थिए।

विजेता टोलीले रु. ५०हजार १सय११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता कानेपोखरी एफसीले रु. ३०हजार१सय११ प्राप्त गर्‍यो।

त्यसैगरी,

  • सर्वाधिक गोलकर्ता: मिक्सन दास (कानेपोखरी एफसी)सर्वोत्कृष्ट खेलाडी: विल्सन गिरी (जुरा एफसी)राइजिङ प्लेयर: सन्देश दास (जुरा एफसी)सर्वश्रेष्ठ गोलरक्षक: सन्तोष महत (जुरा एफसी)सर्वश्रेष्ठ मिडफिल्डर: प्रशान्त प्रधान (कानेपोखरी एफसी) घोषित भए।

मोरङको कानेपोखरी–३ हरकपुरमा सम्पन्न समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष तथा एन्फाका  वरिष्ठ उपाध्यक्ष किशोर राई रहेका थिए।

राईले खेलकुदलाई मनोरञ्जनका साथै मानसिक सन्तुलन, सहकार्य र नेतृत्व क्षमताको विकासका लागि महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै भने, “गाउँ, टोल र नगरस्तरबाट खेलकुदलाई प्रोत्साहन गर्न सके राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन सम्भव छ।”

समारोहमा वडाअध्यक्ष गोपाल बहादुर कार्की, रमाइलो चौकी प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.