कार्तिक ।१२।
विद्यानन्द चाैधरी
![]()
थारु समुदायको एक महत्वपूर्ण सांस्कृतिक लोकपर्व समा–चकेवा कानेपाेखरीका थारूहरूले माटाकाे साना साना मुर्ति समा सामैन चुगला जस्ता नाम गरेका मुर्ति वनाइ राती समाकाे गित गाउँदै देखि सुरु भएको छ। तिहारको भाइटीकापछि सुरु हुने यो पर्व करिब १५ दिनसम्म मनाइन्छ। यस पर्वलाई विशेषगरी थारु युवतीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुख–शान्ति र पारिवारिक मेलमिलापको कामनाका साथ श्रद्धा र उत्साहपूर्वक मनाउँछन्।

पर्वका क्रममा माटोले बनाइएका समा, चकेवा, चुग्लिनी, भाँडाकुँडा, सुगा, हात्ती, गिद्ध लगायतका विभिन्न आकृतिहरू तयार पारिन्छन्। नाङलाेमा राखी दिदीबहिनीहरू साँझपख समूहमा भेला भएर गीत गाउने, नाच्ने र कथा सुनाउने गर्छन्।
यो पर्वले सामाजिक एकता, प्रेम, मेलमिलाप र नारी सशक्तीकरण को सन्देश दिन्छ। अन्तिम दिन ती समा–चकेवाहरूलाई नदी वा पोखरीमा विसर्जन गरिन्छ, जसले आपसी सम्बन्धमा नयाँ ऊर्जा र विश्वासको प्रतीक दर्शाउँछ।

समा–चकेवाका पारम्परिक गीतहरूमा दुःख, पीडा, प्रेम र भरोसाका गहिरा भाव पाइन्छन्। यी गीतहरूले नारीको निष्ठा, सहानुभूति र अन्यायविरुद्धको साहसको चित्रण गर्छन्, जसले यो पर्वलाई केवल सांस्कृतिक नभई सामाजिक चेतनाको प्रतीक पनि बनाएको छ। प्रतेक वर्ष कानेपाेखरी गाउँपालिकामा थारू कल्यान कारीणिसभा कानेपाेखरीले समाचखेवा कार्यक्रम गर्दै अाइरहेकाे छ ।