'कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ ।मोरङमा ८७मिलिमिटर पानी ।थारू पाेर्टल'

October 31, 2025

विज्ञापन
No data was found

कार्तिक।१४।

पछिल्लो ६ घण्टामा मोरङमा ८७, सप्तरीमा ७४, उदयपुरमा ७२ र झापामा ६० मिलिमिटर पानी परेको छ । आज कोशी, मधेश र बागमती प्रदेशका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा भारी हिमपातको सम्भावना छ । आज हिजोको तुलनामा ठूलो पानी पर्ने र भोलिदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।

पश्चिमी वायुका साथमा अरब सागरमा विकसित प्रणालीको असरमा बङ्गालको खाडीका विकसित चक्रवात मोन्थाको प्रभाव समेत मिसिएकाले लगातार वर्षा भइरहेको मौसमविदले बताएका छन् । पश्चिमी क्षेत्रमा मङ्गलवारदेखि वर्षा गराएको अरब सागरको प्रणाली हिजोदेखि कमजोर भएको छ । तर यही समयमा बङ्गालको खाडीमा विकसित चक्रवात मोन्थाको प्रभाव देखिएको मौसमविदको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.