कार्तिक।२०कानेपोखरी ।
विद्यानन्द चाैधरी


थारु कल्याणकारिणी सभा कानेपोखरीले थारु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ‘समा चकेवा’ को अवसरमा एक भव्य साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम बुधबार कानेपोखरी–४ स्थित जितमहमान टोलमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी रहेका थिए भने वडा अध्यक्ष रमेश राउतकाे विशिष्ट अतिथि वडा सदस्यहरू रखिलाल चाैधरी प्रकाश धिमाल तथा , विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय समुदायका व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम उत्साहपूर्ण बनेको थियो ।

थारु कल्याणकारिणी सभाका अध्यक्ष बिद्यानन्द चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न थारु परम्परागत नृत्य, गीत र सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

कार्यक्रम सञ्चालन भादुलाल चौधरीले गरेका थिए समा चकेवा पर्व थारु महिलाहरूले दाजुभाइको दीर्घायु, मेलमिलाप र पारिवारिक एकताको कामनाका साथ मनाउने पर्व हो । कानेपाेखरी वडा न २ थारू चाेक र वडा न ४ जितमहान चाेकका थारू महिला हरूले समाकाे गित गाउदै कार्यक्रममा सहभागी भएका थिए ।