कार्तिक।२५। कानेपोखरी

बिहिबारे मन्दिर डाँडा हुँदै पिङ डाँडा र रमाइलो बजारतर्फको यात्राका क्रममा नागरिकको महत्वपूर्ण कागजात तथा नगद हराएको घटना सार्वजनिक भएको छ।
कार्तिक ७ गते सिटिसफारी बाट यात्रा गर्दै गरेका कौशिला धिमाल र डिकेश धिमालको नाममा रहेका दुई थान नागरिकता, एक थान राष्ट्रिय परिचयपत्र, एक थान मतदाता परिचयपत्र, साथै पर्पल रङको ठूलो ह्यान्डब्याग एक थान र पर्स एक थान हराएको जानकारी प्राप्त भएको छ। उक्त पर्सभित्र करिब पाँच हजार रुपैयाँ नगद समेत रहेको बताइएको छ।

सम्बन्धित व्यक्ति प्रकाश धिमाल (कानेपोखरी–६, रमाइलो) का अनुसार वस्तु हराएको १० मिनेट भित्रै बाटोमा खोजतलास र सोधपुछ गरिएको थियो तर कसैले भेटाएको जानकारी दिएका छैनन्।
धिमालले भने, “सायद नगदका कारण कसैले फिर्ता नगरेको हुन सक्छ। तर नगद नभए पनि अन्य महत्वपूर्ण कागजात फिर्ता गरिदिनुहोस् भन्ने हार्दिक अनुरोध गर्दछु।”उनका अनुसार जसले वस्तु उठाएको, देखेको वा सुनेको छ, ती व्यक्तिको नाम गोप्य राखिनेछ। साथै उनले भनेका छन्, “यो सूचना कुनै झुठो वा गलत उद्देश्यका लागि होइन, हराएको कागजात फिर्ता पाउन मात्र गरिएको हो।”
जो कसैले उक्त झोला वा कागजात फेला पारेका छन् भने, कृपया ईमानदारीका साथ फिर्ता गरिदिनुहुन अनुरोध गरिएको छ।
सम्पर्कका लागि:
📞 प्रकाश धिमाल, कानेपोखरी–६ रमाइलो
फोन नं.: ९८४२१२८७१७ / ९८००९८७६४४