पथरी शनिश्चरे समाचारदाता,
कार्तिक -२६। गते

मोरङको पथरी शनिश्चरे नगरपालिकामा नेकपा एमालेले बृहत जनसभाको आयोजना गरेको छ। मंगलबार दिउँसो पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा उक्त जनसभा आयोजना गरेको हो। एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा आयोजित जनसभा र्याली अन्तर्गत र्याली वडा नम्बर १ को मन्दिर लाइनदेखि सुरु भई बुद्धचोक – लोकतान्त्रिक चोक – सब्जी लाइन हुँदै रत्नचोकमा आएर कोणसभामा परिणत भएको छ।
विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना भएको थियो। उक्त र्यालीमा नेकपा एमाले जिन्दाबाद, जनताको बहुदलीय जनवाद जिन्दाबाद, प्रतिगामी षड्यन्त्र मुर्दाबाद, हत्या हिंसा आतंक बन्द गर, तोडफोड र आगगजनी गर्नेलाई कारबाही गर, विघठित प्रतिनिधिसभा पुनःस्थापना गर जस्ता विभिन्न नाराहरू लागेका थिए।

उक्त र्यालीलाई कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सम्बोधन गर्दै नेता कार्यकर्ता तथा पालिका र वडा कार्यालयहरूमा तोडफोड तथा आगदानी गर्ने जोसुकै लाई कडा भन्दा कडा कारबाहीको माग गर्नुभएको थियो। सोही क्रममा उहाँले गएको भदौ २३ र २४ गते जेनजीसम्मको आन्दोलनलाई हडपेर किओबी नाम गरेका अराजक तत्वहरुले राज्यका महत्वपूर्ण अङ्गहरू सर्वोच्च अदालत संघीय संसद लगायतका महत्वपूर्ण कार्यालयहरू तोडफोड र आग्जनी गरिएको उल्लेख गर्नुहुँदै कडाभन्दा कडा कारबाहीको जोडदार माग गर्नुभएको थियो। कोणसभाको अध्यक्षता पथरी शनिश्चरे नगर कमिटीका अध्यक्ष संजीव गिरीले गर्नुभएको थियो। उक्त अवसरमा कोशी प्रदेश सदस्यद्वय दिलिपकुमार राई यमुना बिष्ट बास्तोला लगायतको पनि उपस्थिति रहेको थियो।