कानेपोखरी, २६ कात्तिक ।
विद्यानन्द चाैधरी

NIC ASIA बैंक कानेपोखरी–६ रमाइलो शाखाले सर्वश्रेष्ठ तलब बचत खाता (Ambassador) अन्तर्गतको बीमा सुविधा वापत कानेपोखरी–६ रमाइलो निवासी तथा सूचना शाखा प्रमुख गोविन्द फुयललाई रु. १०,००,००० (दश लाख) रकम हस्तान्तरण गरेको छ।
फुयल करिब एक वर्षदेखि इन्ट्रा हेपाटो कोलेन्जियो कार्सिनोमा (कलेजाको क्यान्सर) जस्तो घातक रोगसँग संघर्ष गर्दै आइरहेका छन्। बैंकका Experience Manager कालीप्रसाद घिमिरेका अनुसार, बैंकको नीतिअनुसार सर्वश्रेष्ठ तलब बचत खाता सञ्चालन गर्ने खातावाललाई घातक रोग लागेमा अधिकतम दश लाखसम्मको बीमा सुविधा उपलब्ध हुन्छ।

उक्त बीमा अन्तर्गतको रकम बराबरको चेक NIC ASIA बैंकका कोशी प्रदेश क्षेत्रीय उप–प्रमुख विजय विष्ट, ब्रान्च म्यानेजर रोयल राई, Experience Manager कालीप्रसाद घिमिरे, र बैंकका कर्मचारीहरू हेमन्त बस्नेत, सम्झना खतिवडा, र रेविका मगर लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो।
गोविन्द फुयलको भारतको दिल्लीस्थित नारायक अस्पतालमा कलेजाको अप्रेसन भइसकेको छ भने हाल उहा मोरङस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा प्रत्येक ७ देखि १४ दिनको अन्तरमा किमोथेरापी उपचार गराइरहेका छन्।

सहयोग रकम प्राप्त गरेपछि फुयलले भने,
“यो कठिन घडीमा NIC ASIA बैंक रमाइलो शाखाबाट प्राप्त यो सहयोगले मलाई र मेरो परिवारलाई ठूलो राहत र हौसला मिलेको छ। यसका लागि म बैंक परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
NIC ASIA बैंक रमाइलो शाखाका अनुसार, यो शाखाबाट पहिलो पटक प्राणघातक रोग लागेका आफ्नै खातावाललाई यस्तो सुविधा प्रदान गरिएको हो। फुयलले सोही शाखामार्फत नियमित रूपमा मासिक तलब लिँदै आएका छन।
