'अधिकारीको y19 मोबाइल २४ घन्टा नबित्दै फेला पर्न सफल ।थारू पाेर्टल'

November 14, 2025

विज्ञापन
No data was found

 कार्तिक।२९। कानेपोखरी

विद्यानन्द चाैधरी 

 माेरङकाे कानेपोखरी–५ अधिकारीचोककी देउमाया अधिकारीको मोबाइल २४ घन्टा नबित्दै फेला पर्न सफल भएको छ। विहिबार घरबाट ५ मि भैसी खुटन गएकी अधिकारी घर अाउदा माेवाइल न देखदा     मोबाइल चोरी भएको जानकारी प्रहरीलाइ गराएका थिइन ।

रमाइलो प्रहरी चौकीका प्रमुख निलमणि पोख्रेलको कमाण्डिङमा प्रहरी टोलीले खोजतलास थाल्दै छोटो समयमै  y19 New मोबाइल बरामद गर्न सफल भएको हो।

चोरीमा संलग्न १४ वर्षभन्दा कम उमेरका बालबालिका रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई पक्राउ गरी अभिभावकलाई बोलाइ समझदारी गराई अभिभावकको जिम्मामा छोडिएको छ।फेला परेको मोबाइल मंगलबार देउमाया अधिकारीलाई नै बुझाइएकाे प्रहरीले जानकारी दिएको छ।

कानेपोखरीमा अपराध नियन्त्रणतर्फ उल्लेख्य प्रगति, रमाइलो प्रहरी चौकीका प्रमुख पोख्रेलको सक्रियतामा लगातार सफलता ।।।।

 रमाइलो प्रहरी चौकीका प्रमुख निलमणि पोख्रेलको कार्यभार सम्हालेदेखि नै यहाँको सुरक्षास्थितिमा उल्लेख्य सुधार भएको देखिन्छ। उनकाे नेतृत्वमा हालसम्म ६ जनालाई लागू औषधसहित पक्राउ गरी मुद्दा दर्ता गर्दै पथरी पठाइएको प्रहरीले जानकारी दिएको छ।

यस्तै, २ जनामाथि ज्यानमार्ने अभियोगमा मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाइएको छ। साथै, चोरीमा संलग्न व्यक्तिहरूबाट २ थान मोबाइल फोन, नगद २१ हजार रुपैयाँ, सुनको लकेटलगायतका सामानहरू बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको चौकीले जनाएको छ।

प्रहरीले १७ वर्षभन्दा कम उमेरका ४ जना र सोभन्दा माथिका ४ जना गरी ८ जनालाई खोजतलास तथा नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाई समाजमा सचेतना प्रदान गर्ने काम गरेको छ। छोटो समयमा धेरै काम गर्न सफल भएको भन्दै स्थानीयले प्रहरीप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।

पछिल्लो समय मोबाइल चोरीका घटना बढ्दै गएको भन्दै प्रमुख पोख्रेलले मोबाइल पसल तथा सुनचाँदीका व्यवसायीलाई बिल–विना ल्याइएका सामान खरिद नगर्न आग्रह गरेका छन्। अपरिचित वा कम उमेरका व्यक्तिले ल्याएका सामग्रीप्रति विशेष सतर्कता अपनाउन समेत उनले भनेका छन्।

त्यसैगरी, अभिभावकहरूले आफ्ना छोराछोरीको गतिविधि नियमित निगरानी गर्न र विद्यालय प्रशासनहरूले विद्यार्थी उपस्थितिबारे सचेत भई  विद्यालय न अाएका  विद्यार्थीको जानकारी परिवार तथा प्रहरीलाई दिन अनुरोध गरिएको छ।

“कुनै पनि आपराधिक घटना हुन नदिन प्रहरीसँग हातेमालो गर्दै काम गर्न स्थानीय जनप्रतिनिधि, नगर प्रहरी तथा समाजका अगुवाको सहयोग आवश्यक छ,” प्रमुख पोख्रेलले भने, “हामी कानेपोखरीलाई सुरक्षित, अपराधमुक्त र दुर्व्यसनमुक्त क्षेत्र बनाउने लक्ष्यसहित अगाडि बढिरहेका छाैं।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.