कार्तिक २८।कानेपाेखरी

मोरङको कानेपोखरी गाउँपालिका २ स्थित केरौन बजार नजिकैमा रहेको केरौन १३२/३३ के. भी सब-स्टेशन आयोजनाकाे काम अन्तिमचरणमा पुगेको छ ।

नेपाल सरकारले पाँच बिघा जग्गा खरिद गरेर उक्त स्थानमा सबस्टेसन निर्माण कार्यसुरु गरेको हाे। २०७८ श्रावण २७ गते उक्त स्थानमा सव स्टेशनकाे निर्माणकार्य सुरु भएको थियोे । केराैन सव स्टेशन आयोजनाका प्रमुख दर्शन यादवका अनुसार १३२/३३ केभी सब-स्टेसन निर्माणकार्यका लागि एनर्जीपॅक इंजीनियरिंग- एस आर असोशीएटस इंफ्रास्ट्रक्चर जे.भि लाई निर्माण गर्ने ठेक्का दिएको थियो । कम्पनीले २०८० कार्तिक २५ गते निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने भए तापनि निर्माण कार्य सम्पन्न नगर्दा पुनः प्राधिकरण ले २०८१ कार्तिक २५ गतेसम्म निर्माणकार्य सम्पन्न गर्ने म्याद थप गरेको उनलेे बताए ।

९० करोडौं रुपैयाँ बराबरको लागतमा एसियाली बिकाश बैंक, नेपाल सरकार र नेपाल विधुत प्राधिकरणको संयुक्त लगानीमा उक्त आयोजना सुरु भएकाे हाे । अहिलेसम्म ९० प्रतिशत निर्माणकार्यकाे काम सम्पन्न भईसकेकाे र अबकाे ४ महिना भित्र सम्पुर्ण काम सम्पन्न गर्ने र अहिलेसम्म पाेल बिस्तारकाे सबैकाम सम्पन्न भई सकेकाे र सव स्टेशनमा वाईरिङ र ट्रान्सर्फमरकाे काम धमाधम भईरहेकाे हुनाले चाडैनै यहि बाट बिधुत सप्लायर्स हुने यादवले बताए ।

यहाँबाट विद्युत सप्लाई भएपछि रङ्गेली वितरण केन्द्रमा पर्ने रंगेली, सुनबर्सी, धनपालथान, कानेपोखरी, रतुवामाई, जहदा, रमाइलो सहित र बिराटचोक,बेलवारी सम्मका सेवाग्राहीहरु पुर्ण रुपमा लाभान्वित हुने र अहिलेको भोल्टेज भन्दा राम्रो भाेल्टेज आउने बताए । अहिले बिराटनगर बाट पुर्व आउने लाईन भएको कारणले १७० मात्रै भाेल्टेज आईरहेकाे हुनाले याे लाईन बाट २२० भाेल्टेज आउने समेत यादवले बताए ।