पथरी शनिश्चरे समाचारदाता,
कार्तिक -२९ ।

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ सि अन्तर्गत पथरी शनिश्चरे क्षेत्रमा सेवारत लायन्सहरुको संयुक्त पदस्थापन समारोह शुक्रबार हरियाली सामुदायिक भवनमा सम्पन्न भएकाे छ । कार्यक्रममा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ सि का गभर्नर लायन बबरजंग थापाको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा लायन वर्ष २०२४–२०२५ का क्लवका प्रेसीडेन्टहरुले २०२५–२०२६ का प्रेसीडेन्टहरुलाई पदभार हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्रमशः लायन्स क्लव अफ पथरी, पथरी शनिश्चरे र पथरी क्रियटिभ लेडीज प्रेसीडेन्ट लायन मुरारी आचार्य, अनिता राई र चमेली बेघाले वर्ष २०२५–२०२६ का लागि क्रमश: हेमसागर चापागाँई, सावित्रा राजभण्डारी र विन्दु राईलाई पद हस्तान्तरण गरेका थिए ।
सोहि अवसरमा लायन्स क्लव अफ पथरीले लायन राजेन्द्र कार्कीको नेतृत्वमा लायन्स क्लव अप पथरी हेल्थ प्रोफेशनलको स्थापना गरेको छ, उक्त क्लवको स्थापना, तथा प्रमाण–पत्र हस्तान्तरण प्रमुख अथिति गभर्नर थापाले गर्नु भयो । कार्यक्रममा वरिष्ठ लोकगायक महेश बुढाथोकीलाई सम्मान गरिएको थियो, गायक बुढाथोकीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मान पछि आफ्ना कुरा राख्दै लायन्सहरुले गरेका समाजिक सेवाका कार्यको प्रसशा व्यक्त गर्दै गायक बुढाथोकीले आफ्ना सांगीतिक प्रस्तुतिहरु दिएका थिए, उनले आफ्नो चर्चित गीत काफल गेडी, पथरी बजार जस्ता गीतहरु प्रस्तुत गरेका थिए । पथरी शनिश्चरे क्षेत्रमा पहिलो लायन्स क्लव लायन्स क्लव अफ पथरीको स्थापना गरि मानवीय सेवामा लाग्न प्रेरित गरेकोमा लायन्स क्लव अफ पथरीका संस्थापक प्रेसीडेन्ट लायन रामकुमार बस्नेतलाई क्लवका पूर्व अध्यक्षहरु तथा पदाधिकारीहरुले सम्मान गरेका थिए, संस्थापक प्रेसीडेन्ट बस्नेतको नेतृत्वमा स्थापना भएको लायन्स क्लव अफ पथरीले यस क्षेत्रमा अन्य ४ वटा क्लवहरुको स्थापना गरेको छ ।

कार्यक्रममा एरिया चिफ रोहित शाह, चिफ एडभाइजर उदय नारायण बराल, क्याविनेट ट्रेजर नागेश पोख्रेल, सेक्रेटरी नेत्रप्रसाद चम्लागाँई, पिडिजी धिरज गुरुङ, भाइस गभर्नरहरु रमेश खत्री र लिलाप्रसाद चिमरिया, जिइटी कोर्डिनेटर राजन खत्रीले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । आफ्नो पदभार ग्रहण गर्दै क्लवका प्रेसीडेन्टहरुले थप सामाजिक क्षेत्र लाग्न प्रेरित भएको कुरा व्यक्त गरेका थिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लायन्स क्लव अफ पथरी प्रेसीडेन्ट हेमासागर चापागाँईले यो अवसरलाई सेवामा समर्पित गर्दै लाने र सबैको साथ सहयोगको अपेक्षा व्यक्त गरेका थिए, चापागाँईले म प्रेसीडेन्ट भएर आदेशको हैन सेवाको नेतृत्व गर्ने कुरा व्यक्त गरे । लायन्सको पदस्थापनामा बिराटनगर, इटहरी, धरान, विराटचोक, उर्लाबारी, दमक, सुरुङा क्षेत्रका लायन्सहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सो कार्यक्रममा लायन्स क्लव अफ पथरीका संस्थापक प्रेसीडेन्ट रामकुमार बस्नेतले स्वागत मन्तव्य राखेका थिए। साे कार्यक्रम लायन रोशन बुढाथोकीले संचालन गरेका थिए।