कानेपाेखरी।मंसिर।९

मंसिर २७–२९— काठमाडौँमा हुन लागेको नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङको विभिन्न क्षेत्रबाट प्रतिनिधि छनोट प्रक्रिया सुरु भएको छ। आज मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरिएको हो।
मोरङ जिल्लाबाट जम्मा ४३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।
मोरङ क्षेत्र नं.–२ मा ७ सिटका लागि २१ उम्मेदवारी

मोरङ क्षेत्र नं.–२ ले यसपटक ४ खुल्ला, २ महिला र १ युवा गरी ७ जना प्रतिनिधि पाउनेछ। सोही अनुसार आज २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
🔹 खुल्लातिर १२ उम्मेदवार
खुल्ला तर्फ निवर्तमान प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, साथैअनिलकुमार पोखरेल, विष्णु पोखरेल, शंकर थापा, डिबी कार्की, श्याम राजवंशी, गोपालबहादुर कार्की, सुशील बुढाथोकी, हसन इमाम बक्स, जगत काफ्ले (झमक) र राम गुरुङले उम्मेदवारी दिएका छन्।
🔹 महिलातिर ६ उम्मेदवार
महिला तर्फ प्रदेशसभा सदस्य नुरसदी बेगम, सुनवर्षी नगरपालिकाकी उपमेयर मिरादेवी दास,
भुमिका दुलाल, गिता देवी बानिँया, सरोज कुमारी झा र रामजना अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।
🔹 युवातिर ३ उम्मेदवार
युवा तर्फ हेमेश्वर राई, बमलाल खवास र करण ठाकुरले उम्मेदवारी दिएका छन्।
कुन–कुन ठाउँ पर्छन् क्षेत्र नं.–२ अन्तर्गत?
यस क्षेत्रमा रतुवामाई र सुनवर्षी नगरपालिकासहित–
-
रंगेली नगरपालिकाका १, २, ३, ८, ९ नं. वडाहरू
-
कानेपोखरी गाउँपालिकाका १, २, ३ नं. वडाहरू
-
पथरी शनिश्चरे नगरपालिकाका ५ र ६ नं. वडाहरू पर्छन्।