मंसिर ९ मंगलबार
रबिन्द्र बराल

औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको जाधार भन्ने मुलनाराका साथ एघारौं उद्योग दिवस सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना महासङ्घ र घरेलु तथा साना उद्योगकाे कार्यालयबाट प्रत्येक बर्ष गरिदै आएको कार्यक्रममा यस बर्ष रंगेली८ मा रहेको श्री ओजस्वी एग्रिकल्चर फार्म प्रा.लि उत्कृष्ट उद्यमी तर्फ संचालक ओमकार थापा तथा महिला तर्फबाट केराबारी दालमोट भुजियाकी सञ्चालिका भीमकुमारी राई लाई ११औं राष्ट्रिय उद्योग दिवसको अवसरमा सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरिएको छ ।

कार्यक्रमकाे प्रमुख अथिति घरेलु तथा साना उद्योग महांसधका अध्यक्ष चेतन निराैला, महा सचिव उत्तम सेन, सचिव भवेश पौडेल, उपाध्यक्ष तुलसी ढकाल, तथा चन्द प्रसार अधिकारी , भवानी घिमिरे उद्योग कृषि तथा सहकारी मन्त्रालयका चन्द्र कार्की, चुडामणि न्यौपाने, ठाकुर सुवेधी लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको थियोे ।