मंसिर १० बुधबार
रबिन्द्र बराल

मोरङ्गकाे रङ्गेली ९ स्थित दोहमनामा रहेको हृदयेश्वर हरि किर्तन परिवारले आफ्नो वार्षिकोत्सव मनाएको छ । मङ्गलवार संस्थाको वार्षिक आम्दानी – खर्च सार्वजानिक गर्नुका साथै भजन कृतन परिवार भित्रका जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष सुनिता सिटौलाले ९३ वर्षिया कौशिला थापालाई माला तथा दोसल्ला ओडाएर सम्मान गर्ने कार्य गरेकी थिइन् ।
विवाहपञ्चमीकाे अवसरमा विशेष भजन कृतन समेत गरेर वृद्धि हरुलाई आनन्द गराएका थिए । कार्यक्रममा स्थानीय बुद्धिजीवी समाजसेवी तथा बिभिन्न संघ संस्थामा रहेर आफ्नो परिचय कमाइ सक्नु भएका चिरञ्जीवी काफ्ले, किर्तन परिवारका अग्रज लीलानाथ भण्डारी , शुसिला काफ्ले , सिर्जना भट्टराई , देवी न्यौपाने आशा सुवेदी लगायतकाे समेत उपस्थिति रहेको थियोे ।