'कानेपोखरीमा अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस सम्पन्न ।थारू पाेर्टल'

December 3, 2025

विज्ञापन
No data was found

मँसिर।१८।कानेपाेखरी

मोरङको कानेपोखरी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस बुधबार एक औपचारिक कार्यक्रममार्फत मनाइएको छ। “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको सन्दर्भ” भन्ने नारासहित दिवस मनाइएको हो।

कार्यक्रमकाे गाउँपालिका  अध्यक्ष उपाध्यक्ष भोलाप्रसाद अधिकारी रहेकाे थियाे भने  प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम र  कार्यक्रम नव प्रगती संस्था (OPD) को समन्वय तथा गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा सम्पन्न भएको हो।

    प्रमुख अतिथि  इङ्गनामले मन्त्रालयको निर्देशनअनुसार पहेलो कार्ड धारकलाई दिइँदै आएको मासिक भत्ता रोकिएको र सो बजेटलाई स्वास्थ्य बीमामा समायोजन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले अपाङ्गता कुनै पनि बेला हुन सक्ने भएकाले परिवार र समाजको माया–स्याहार अपरिहार्य हुने उल्लेख गर्नुभयो।

कार्यक्रमकाे अध्यक्ष अधिकारीले अपाङ्गता समन्वय समितिले नियमित रूपमा अपाङ्गता पहिचान शिविर सञ्चालन गरिरहेकाले अत्यन्त अशक्त व्यक्तिहरूलाई घरमै सेवा पुर्‍याइने बताए। विषम परिस्थितिका कारण यस वर्ष औपचारिक कार्यक्रम मात्र राखिएको पनि जनाए।

पालिका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष सुशील बुढाथोकीले बदलिँदो जीवनशैलीका कारण अपाङ्गता जोखिम बढ्दै गएको र अपाङ्गता प्रति समाजको दृष्टिकोण सकारात्मक बन्दै गएको बताउनुभयो।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष गोपाल बी. कार्की, वडा सदस्यहरू दिपक लुइटेल, जित बी. लिम्बु, लोक बी. लिम्बु, सुशिला धिमाल, रुबिना ताम्राकारलगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन OPD का नगेन्द्र बस्नेतले गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.