रबिन्द्र बराल

माेरङकाे पुर्वि भेगका कृषकहरु धान बाली भित्र्याए पछि मकै खेती राेप्न धमाधम सुरु गरेका छन । पछिल्लो समयमा रंगेली ,सुनवर्सि,रतुवामाई धनपालथान,कानेपाेखरी लगायतका कृषकहरुकाे मुख्य नगदे बालीकाे रुपमा रहकाे मकै खेतिगर्ने कृषकहरु उत्साहित भएर मकै खेती तयारी गरेरहेका छन।
पछिल्लो केही बर्ष अगाडि देखि कृषकहरुले गहुँ खेती भन्दा मकै खेतीमा मेहनत अनुसार राम्रो आम्दानी हुने गरेकाे देखे पछि कृषकहरु मकै खेतीमा आकर्षक हुन थालेका हुन । यस भेगका ९५ प्रतिशत कृषकहरुले नगदे वालीकाे रुपमा रहेको मकै सुरु गरेका छन । कृषकहरुले खेतीका लागि प्रयाप्त मात्रामा सरकारबाट समयमै रासायनिक मलहरु समेत नपाउदा भारत तथा नेपालकाे विभिन्न स्थानहरुबाट दुख गरेर मह्गाे मुल्यमा मकैबिउ र मल खरिद गरेर मकै खेती सुरु गरेतापनी मेहनत र परिश्रम गरेर मकै खेती बाट राम्रो आम्दानी लिन थालेका छन ।

सुनवर्सि नगरपालिकाले टकुवाकाे बन्काेलमा बिगत दुई बर्ष अगाडि कृषकका लागि सिचाइकाे सुविधा प्रायाप्त मात्रामा हुने अपेक्षा राख्दै नगरले बिधुतकाे पाेल राखेता पनि हाल सम्म पनि उक्त पाेलमा तार जडान नगर्दे कृषकहरुले डिजलकाे प्रयोग गरेर माेटरकाे माध्यम बाट बालीमा सिचाइ गर्ने बाध्य रहेका छन । बारम्बार नगर र वडामा जानकारी गराउदा समेत अहिलेसम्म कुनै सुनवाइ नभए स्थानीय कृषक दिनेश मंण्डलले बताए । नगरमा केही सहयोग माग्न जाँदा त्यहाँका मेयर ले उल्टै गाली गरेर पठाउने गरेको स्थानीय सदानन्द ऋिषिदेवले बताए