राजकुमारी तामाङ
मोरङ ।

श्री सिहँ देवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, कानेपोखरी–३, हरकपुर मोरङको १५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। साधारणसभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित कार्यक्रम र कार्ययोजना प्रस्तुत गरी पारित गरिएको थियो।

साधारणसभामा सहकारीको उन्नति र प्रगतिमा योगदान पुर्याएका सेयर सदस्य तथा दुग्ध उत्पादकहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। अधिकतम दूध आपूर्ति, गुणस्तरीय दूध उत्पादन, उत्कृष्ट ऋण कारोबार तथा सदस्यता सम्मान अन्तर्गत उत्कृष्ट योगदान दिने सदस्यहरूलाई सम्मान गरिएको सहकारीले जनाएको छ। कार्यक्रममा डेरी अध्यक्ष नारायण प्रसाद कोइरालाको अध्यक्षता मा भएको थियो भने कार्यक्रममा वडा अध्यक्ष गोपाल ब कार्की , प्रमुख अतिथि डेरी निवर्तमान अध्यक्ष नन्दु शाह को लगायतको उपस्तिथि रहेको थियो ।