पुस १७ बिहीबार
रबिन्द्र बराल

माेरङकाे बिराटनगर भन्सार कार्यालय पछिकाे सिमाबर्ति क्षेत्रहरु मघ्ये सुनवर्सि ८ सिक्टिमा रहेको छाेटी भन्सार कार्यलय बर्षेदिन देखि भन्सारमा कर्मचारी बिहिन हुदा अहिले सिक्टि,डाईनिया हुदै दैनिकी दिन र राताकाे समयमासाे क्षेत्रबाट लाखौं रुपैयाँ बराबरको राजस्व छलेर तस्करहरुले प्रहरीकाे मिलेमतोमा तस्करी गरिरहेका छन ।
सिमाक्षेत्र भन्दा २ किलोमिटर टाढामा रहेको छाेटी भन्सार कार्यलय काेराेनाकाे समयदेखि कर्मचारी बिहिन भएपछि तस्करहरुले खुलेयाम तस्करी हुने गरेको छ । भन्सारको नाममा रहेको ३ कठ्ठा जग्गामा बाउन्ट्रिवाल सहित दुईवटा पक्कि भवन अहिले बेकामे हुनुका साथै झारजङ्गलले घेरिएका अवस्थामा रहेको छ।सिक्टि भन्सार कार्यलय सन्चालनमा नआउदा ठुलाव्यापारीहरुले सिमाक्षेत्रा रहेको ससत्रप्रहरी र जनपथ प्रहरीको मिलेमतोमा नेपालबाट गाई, गाेरु भारततर्फ लैजाने र भारतबाट आलु,प्याज, खाद्यान्न , लत्ताकपडा , हाडवेयरका सामग्री, सुर्ति अबैध रुपमा नेपाल भित्र्याउने गरेका छन ।
पछिल्लो केही महिना यत सिक्टिनाका तस्करहरुले सुरक्षित देखेपछि दैनिकी जसाे अहिले टायल्स समेत बडिमात्रामा नेपाल भित्र्याउने गरेका छन । तस्करहरुले उक्त टायलस केरखा, बिराटचाेक, उर्लाबारी ,झिल्लीले , दकम , लेटङ ,कानेपाेखरी लगायतका मुख्य राजमार्गहरुमा पिकप भनेकाे माध्यम बाट तस्करहरुले पठाउने गर्देछन ।

तस्करी नियन्त्रणका लागि भन्सारमा कर्मचारीहरुलाई पठाईदिन जनप्रतिनिधिहरुले डेलिकेसन गएर जानकारी गराएता पनि हालसम्म कुनै सुनवाइ नभएको स्थानीय माेहम्द समशेर कमरले बताए। सिमाक्षेत्रमा रहेको सिक्टि,बलड्गा,डाईनिया,आमगाछि,धनापट्टि, चाेप्राहा,साेराभाग,मायाँगन्ज,नाेचा, गडरिया ईलाका प्रहरी कार्यलय रंगेलीकाे महात्हतमा रहेकाे छ ।

रंगेली प्रहरीले लागुओैषध नियन्त्रण गर्ने काममा राम्रो सफलता पाएतापनी तस्करी नियन्त्रणमा कुनै कमिगर्ने सकेको छैन । सिमाक्षेत्रमा नेपाल सरकारले राजस्व बृद्घि गर्ने उदेश्यले ससस्त्र वेश क्याप सिक्टि, धनापट्टि वेश क्याप ,रंगेली वेशक्याप, नाेचा बेस क्याप, मायाँगन्ज बेस क्याप, रतुवामाईकाे चुनिबारी, महादेवा, थलगाछि डाेरीया लगायत सिमाक्षेत्रम नेपाल प्रहरी र ससस्त्र प्रहरीकाे प्रहरी चाैकी र वेस क्याप रहेता पनि प्रहरीहरुकै संरक्षणमा व्यापक रुपमा तस्करी भईरहेकाे छ ।समयमै सम्धित निकायहरुले साे क्षेत्रमा अनुगमन गरेर तस्करी नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।