'माघदेखि कानेपोखरीमै करदाता सेवा ।थारू पाेर्टल'

January 2, 2026

विज्ञापन
No data was found

 पुस। १९।कानेपोखरी

कानेपोखरी गाउँपालिकाका करदाताले अब करसम्बन्धी सेवा गाउँपालिकाबाटै प्राप्त गर्न सक्ने भएका छन्। करदाता सेवा कार्यालयले हालसम्म गर्दै आएका सेवाहरू स्थानीय तहबाटै प्रवाह गर्ने उद्देश्यले आन्तरिक राजश्व कार्यालय दमक, झापा र कानेपोखरी गाउँपालिका बीच औपचारिक सम्झौता सम्पन्न भएको छ।

आज कानेपोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय दमकका प्रतिनिधि, गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र वडाध्यक्ष चरण गुरुङको उपस्थितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले सम्झौतामा हस्ताक्षर गरेकी हुन्।

सम्झौतासँगै कानेपोखरी गाउँपालिकाले आगामी माघ २ गतेदेखि औपचारिक रूपमा करदाता सेवा प्रवाह गर्ने जनाएको छ। यस व्यवस्थाले करदातालाई सेवा लिन दमकसम्म धाउनुपर्ने बाध्यता हट्ने, समय र खर्चको बचत हुने तथा सेवा अझ प्रभावकारी र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।

स्थानीय तहबाटै करदाता सेवा उपलब्ध गराउने यो पहलले कर प्रशासनलाई थप सरल, पारदर्शी र पहुँचयोग्य बनाउने विश्वास गरिएको छ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.