पुस २५। रबिन्द्र बराल

मोरङको रङ्गेली ७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउन थालेको छ । बिधालयले बिबिध कार्यक्रम सन्चालन गर्दे बार्षिक उत्सव मनाउन सुरु गरेको हाे ।

बिधालयले आन्तरिक अतिरिक्त क्रियाकलापहरु गर्नुका साथै हाजिरी जवाफ प्रतियोगिता र हस्त लेखन प्रतियोगिता समेत गराएकाे छ। उक्त कार्यक्रममा पब्लिक माध्यमिक बिधालय , गणेश माध्यमिक बिधालय चोप्रहा, पार्वती माध्यमिक बिधालय फर्साडागी, आदर्श माध्यमिक बिधालय त्यसैगरी महालक्ष्मी माध्यमिक बिधालय दर्वेशा, जनता माध्यमिक बिधालय बहुवान, जनता माध्यमिक बिधालय आमगाछी, जनता माध्यमिक बिधालय आमतोला, रत्न माध्यमिक बिधालय रंजनी, त्रिभुवन माध्यमिक बिधालय गोहीगाडा, जनप्रिय माध्यमिक बिधालय बबिया, र प्रगतिसील माध्यमिक बिधालय दौलतपुरमा अध्यनरत छात्र,छात्रा हरुले हस्तकला र हाजिरी जवाफ प्रतियोगितामा सहभागीता भएका थिए । हाजिरी जवाफ प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय प्रथम, पब्लिक उच्च माध्यमिक विद्यालय द्वतिय र रत्न माध्यमिक विद्यालय तृतीय र सान्त्वनामा पार्वती माध्यमिक विद्यालय भएको छ ।

त्यसैगरी हस्तलेखन प्रतियोगिताकाे अङ्ग्रेजी लेखाइमा प्रथम आदर्श माध्यमिक विद्यालय रंगेलीका चिरञ्जय राजवंशी , द्वितीय पब्लिक माध्यमिक विद्यालयका खुशबु शाह तृतीयमा त्रिभुवन माध्यमिक विद्यालयका पूजा यादव र सान्त्वना पार्वती माध्यमिक विद्यालयका पूजा मल्लिकले जित हासिल गरेकि थिईन । त्यसैगरी नेपाली हस्तलेखानमा प्रथम हुने पब्लिक उच्च माध्यमिक विद्यालयका खुशबु शाह द्वितीयमा महेन्द्र माभिका कृतिका राम कृत्यमा पार्वती माध्यमिक विद्यालयका भेषराज मल्लिक र सामन्तत्वनामा महालक्ष्मी विद्यालयका अस्मिता ताजपुरिया विजय भएकी हुन् । बिधालयले प्रथम, द्वतिय, तृतीय तथा सान्त्वना हुने बिधालयहरुलाई सिल्ड प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियोे ।