पुस २५

बाक्लो हुस्यु र चिसाे बडेपछि तराईका जिल्लाहरुमा बिहानै देखि सडकमा समेत आवतजावत कमि आएको छ । गाउँघरमा तथा चाेक चाेकमा स्थानीय युवा बृद्ध तथा बालबालिका हरु घरआँगनाम पराल तथा दाउरा बालेर शरिरलाई न्यानाे पारिरहेका छन । केही साता देखि तराईमा सितलहर बडेपछि बृद्ध तथा राेगीहरु बडि मात्रामा समस्यामा परेका छन ।

अहिले एका बिहानैदेखि चिसाे बडेपछि रंगेलीकाे बसपार्क , मुख्य चाेक, चाेप्राह,पिपल चाेक ,भन्सा चाेक लगायतका स्थानहरुमा ओगाे तापीरहेका छन । कानेपाेखरी, रंगेली, सुनवर्सि रतुवामाई, धनपालथान, कानेपाेखरी लगायतका स्थानहरुमा साता दिन देखिकाे बाक्लो हुस्सु र शीतलहरका कारण जाडोले तराईको जनजीवन प्रभावित भएको छ। पुस महिना सुरु भएसंगै घाम नलाग्दा विपन्न बस्तीका बासिन्दा बढी प्रभावित भएका छन्। पुस लागेपछि घाम दुर्लभ बनेकाे छ। बिहानै काममा निस्किँदा हात कठ्यांग्रिएर काम गर्नै मुस्किल हुने गरेको छ ।