'केरौन बचतको २७औँ वार्षिक साधारण सभा सम्पन्न ।थारू पाेर्टल '

January 10, 2026

विज्ञापन
No data was found

कानेपोखरी । पुस।२६

विद्यानन्द चाेधरी 

 केरौन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष शुशिल बुढाथोकी रहनु भएको थियो।

संस्थाका अध्यक्ष गङ्गा कुमार यादवको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन सचिव लक्ष्मी रिजालले गर्नुभएको थियो। सभामा आर्थिक वर्षको प्रगति विवरण, आय–व्यय  काेषाध्यक्ष पदम बहादुर पाण्डेले प्रस्तुत गरेको थियो।

प्रस्तुत आर्थिक विवरणअनुसार सहकारीमा हाल ९०९ जना शेयर सदस्य आबद्ध रहेका छन्। यस आ.व. मा शेयर पूँजी रु. ५९,८२,४०० रहेककाे छ भने बचत तर्फ३,४५,८८,६१४ कुल अामदानी भने ४०,५९,६६२ रहेकाे छ। बचत भने ३३,२०३ रहेकाे सँस्थामा ४०,२६,४५८ कुल खर्च रहेकाे छ । 

साधारण सभाको अवसरमा ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा सदस्यहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले सहकारीले स्थानीय स्तरमा बचत, लगानी र आर्थिक सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ पारदर्शी, अनुशासित र प्रभावकारी रूपमा अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

स्थानीय जनप्रतिनिधि, शेयर सदस्य तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको साधारण सभा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको संस्थाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.