महिलाहरुलाई आत्मानिर्भर सीप मुलक तालिम सुरु ।थारु पाेर्टल

असार २ आईतवार 

रबिन्द्र बराल 

माेरङकाे रंगेली ६ मा रहेको गृह श्रमिक सृजनशिल महिला समाज नेपाल ले रंगेली नगरपालिका भित्र का महिला हरु लाई आत्मानिर्भर बनाउने उदेश्य का साथ १५ दिने तालिम सुरु गरेको छ ।

संस्थागत विकास र दिगोपन  भन्ने मुल नाराका साथ रंगेली स्थित  पब्लिक उच्च माध्यमिक बिधालय मा एक कार्यक्रम काे उद्घाटन गर्दे महिला हरु लाई दक्ष बनाउन  सीप मुलक तालिम सुरु गरेको छ ।  गृह श्रमिक सृजनशिल महिला समाज नेपाल र  टेवा धापा खेल संस्थाको सहयोगमा १५ दिने संस्थागत विकास र दिगोपन को लागि तालिम सन्चाल गरेको  हो ।

उद्घाटन  कार्यक्रम मा  प्रमुख अथिति रंगेली नगरपालिका की उपमेयर भुमा पराजुली ,विशिष्ट अतिथि  वार्ड नम्वर  ६ वडा अध्यक्ष  सुजित मण्डल ,रंगेली ईलाका प्रहरी कार्यालय का प्रहरी निरीक्षक सन्तोष खड्का , पव्लिक बिधालय का प्रधान्यापक अरविन कुुुमार साह ,  महिला समाज नेपाल काे अध्यक्ष शान्ता श्रेष्ठ,  सचिव लक्ष्मी राय,कोषाध्यक्ष कविता नेपाल, वडा सदस्य लगायत  काे सहभागीता रहेको  थियो। कार्यक्रम प्रशिक्षक गोपाल तामाङ ले बाँसको  चोया तथा जराबाट आधुनिक सजावट का सामग्री निर्माण गर्न सकिनेे र महिला हरु ले समेेेत सीप सिकिरे उक्त सामाग्री बिक्री वितरण गरेर महिला हरु लाई आत्मानिर्भर बनाउन ठुलो सहयोग हुने र आफुुुले समेत उक्त पेशा बिगत ३० वर्ष देखि साेही काम गरेर घर परिवार पालनपोषण गर्ने सहज समेत भएको प्रशिक्षण गाेपाल तामाङले बताए । अथिति हरु ले महिला हरुका लागि यस्तो कार्यक्रम ले  आत्मा बल बडाउन सहज हुने र घरमा मात्रै  सिमित नभए र महिला हरु ले पनि पुरुष सरह काम गर्नेे सकिने भएको हुनाले यस्तो कार्यक्रम गरेका आयाेजक लाई धन्यवाद समेेेत दिएका थिए ।

समाचार होमपेज