बर्षायाम सुरु भए पछि रतुवा खाेला बाट आवतजावत ठप्प ।थारु पाेर्टल

असार ५ बुधबार

रबिन्द्र बराल

माेरङ र झापाको सिमानामा रहेको रतुवा खाेलामा बन्न थालेको पुल १५ बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेकाे छैन ।

 

नेपाल सरकारले सिमाबर्ति क्षेत्रमा रहेका सडक लाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि १५ बर्ष हुदा समेत काम भने अधुरै रहेको छ । भद्रचाेक, आमबाडी, झुर्किया लगायतका स्थानीय हरु बर्षाकाे समयमा गाैरिगन्ञ सम्म पुग्न कि त भारतकाे बाटाे भएर जानुपर्छ नभए मोरङकै उर्लाबारी दमक, हुँदै गौरीगंज सम्म पुग्नुपर्ने बाध्यता विगत १५ वर्षदेखि कायमै रहेको छ।

 

खोलामा बर्षायाममा आउने बाडिका कारण पानीले हरेक बर्ष खाेलाकाे धार बदल्ने भएपछि पुन: पूर्व तर्फ बाट एउटा पिलर थप गर्ने र पश्चिमबाट दुईवटा पिलर थप गर्नुपर्ने भएपछि अहिले उक्त पुलको काम भईरहेता पनि काम भने सुस्त गतिमा भईरहेकाे छ खाेलामा तटबन्ध गर्ने काम सम्पन्न भएता पनि २ सय मिटर सडक काे केही भागमा जलमग्न पानी भए पछि स्थानीय हरु ज्यान काे प्रभाव नगरि खाेला तर्ने गरेका छन। निर्माघिन रहेकाे पुलकाे डर र भित्ता समातेर पुल चडेर खाेला तर्ने र साईकल यात्रि ले समेेेत पुलमा रहेका व्यक्तिहरूको सहारामा काँधमा साइकल हालेर पुल चढ्ने र आफ्नो गन्तव्यसम्म जान बाध्य रहेका छन्।

 

२०६५ सालमा भाैतिक तथा निर्माण मन्त्री रहदा बिजय कुमार गच्छदारले उक्त पुल बनाउन शिलान्यास गरेका थिए । १५ वर्षकाे अबधिमा भाैतिक निर्माण मन्त्री धेरै बने तर रतुवा खाेलाकाे पुलले पुर्णता पाएन । स्थानीय दिप नारायण ताजपुरियाका अनुसार यहाँ का धेरै नेता हरुले चुनावको बेलामा हामी पुल बर्ष दिन भित्रमा बनाइ दिन्छौं चुनाव जिताउनुस् भनेर भाेट मागने गरेको र चुनाव जितेपछि फर्केर पनि नआउने गरेको स्थानीयहरूले आरोप समेत लगाएका छन् ।

 

नेपाल सरकारले देव एण्ड सायर, समता, आशिषदेव जे.वी बिर्तामाेड झापा लाई २०७९ असार मा साे पुल काे तटबन्ध १२ सय मिटर लम्बाई र पुलकाे बाँकी निर्माणकार्यका लागि २१ कराैड रुपैयाँ बराबरमा ठेक्का दिएको छ । उक्त काम २०८२ असार सम्पन्न निर्माणकार्य सम्पन्न गर्नेका लागि जिम्मा समेत लगाएकाे छ । हुलाकी सडक निर्माण कार्यालयका इन्जिनियर प्रभात किरण राईका अनुसार उक्त काम असार मसान्तसम्म काम सम्पन्न गरेर पुलबाट दुई चक्के समेत आवतजावत गर्न सकिने गरि द्रुतगतिमा काम भईरहेकाे राई ले बताएका थिए । साे पुल निर्माण भए र संन्चालनमा आएमा बिराटनगर देखि भद्रपुर सम्म आवत जावत गर्नेका लागि सर्वसाधारण हरुलेे बिराटनगर ,ईटहरी, दमक र बिर्तामोड जाने झन्झट बाट मुक्त पाउने र हुलाकी राजमार्गकाे बाटो आवत जावत गर्ने छाेटाे र सहज हुने स्थानीय हरु बताउँछन्।

समाचार