सरोज के लामाको शब्द संगीत र स्वरमा  ’साझँ पर्नु अघी ’सार्वजनिक । थारु पाेर्टल

काठमाण्डौं ।

१४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो  गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघी ’गीतको भिडियो सार्वजनिक भएको छ ।
यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन । साथी भेटन गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनी नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ ।
आफनो प्रेमीकाले अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ । आफनो माया लाई सुन्दर ठाउँ पुयाउनको लागी अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अफटयारो महसुस भएको कुरा गीतमा गरिएको छ ।  सरोजराज गिरीको छायाँकन , रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ ।’साझँ पर्नु अघी ’
राम स्यानताङ , पूर्णिमा मगर, विजय लामाको फिचरिङमा रहेको छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक सरोज के लामाले बताए ।

’साझँ पर्नु अघी ’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

गित सँगित