झापाको कमल गाउँपालिकामा  बिहान बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते ।थारु पाेर्टल

झापाको कमल गाउँपालिकामा  बिहान बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल–४ मा बा३ ख २१६६ न.को टिपर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ न.को यात्रुबाहक बस एकआपसमा ठक्कर खादा दुर्घटना भएको  थियाे।

सामान्य घाईतेहरुकाे दमक रिसर्च सेन्टर अस्पताल र लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई  दमकमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल र विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।

दुर्घटना समाचार