सद्भाव द्वारा २ थान थ्री सिट अस्पताल लाई बितरण । थारु पाेर्टल

असार १० साेमवार

माेरङकाेे रंगेली नगरपालिका ७ मा रहेको रंगेली अस्पताल लाई सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले ओपिडीमा उपचार गराउन आउने बिरामी तथा कुरुवाहरुकाे लागी विश्रामका लागि ३ थान थ्री सिट भएको कुर्सी उपलब्ध गराएकाे छ ।

 

संस्था एक कार्यक्रमकाे आयोजना गर्दे अस्पतालका मेसु  बसन्त कुमार साह,  अध्यक्ष देवमणि कटुवाल , सद्भाव का अध्यक्ष कमलेश्वर ठाकुर ,श्रि प्रसाद ठकुर लगायतकाे सहभागीतामा   अस्पताल प्रशासन लाई ५० हजार  रुपैयाँ  बराबरको कुर्सी  बितरण गरेको हाे ।

 

उक्त सहकारीले विगतका वर्षहरूमा समेत अति विपन्न तथा गरिब परिवार हरूलाई समेत  आर्थिक सहयोग गर्दै आइरहेता पनि उनी हरुले विभिन्न सामाजिक संस्थाहरुमा समेत सहयोगको भावना सदैव राख्दै जाने र आगामी दिनमा समेत यस्तो कार्यलाई निरन्तरता दिने संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले जानकारी दिएका छन् । अस्पतालका अध्यक्ष देवगणी कटुवालका अनुसार विगतका वर्षहरूमा समेत सद्भाव  बचत ले कोरोनाको समय तथा  अन्य समयमा समेत अस्पताललाई विभिन्न सहयोग गर्दै आएको र आगामी दिनमा यस्तो सहयोग गर्दै लैजान अपेक्षा समेत राखेका छन ।

समाचार