रङ्गेलीमा खोला तर्ने क्रममा  नागेश्वरको मृत्यु ।थरु पाेर्टल

असार१३

रबिन्द्र बराल

मोरङको रङ्गेली नगरपालिका ४ स्थित चाेप्राह नजिकै मा रहेको घाँघी खाेलामा एकजनाकाे मृत्यु भएको छ।  मङ्गलबार रातिदेखि आएको अबिरल वर्षाका कारण खोलामा पानीको भाव बढेकाे थियोे । प्रहरीका अनुसार उनी आफ्नो खेतको लागि बिउ उखेल्नका लागि खोला तरेर  खेत तर्फ जाने क्रममा उनलाई खोलामा आएको बाडीले बगाएको प्रहरीले जनाएको छ । धानको बिउ उखाल्न खोला तर्ने क्रममा साेही स्थान बस्ने वर्ष ४० का  नागेश्वर  मण्डल लाई  बगाएकाे र सुचना प्राप्त भए पछि सशस्त्र बिओपी चाेप्राह र इलाका प्रहरी कार्यालय रंगेली , तथा स्थानीय बासिन्दाहरूको संयुक्त टोलीले खोलाको १०० मिटर उत्तर तर्फ तीन घण्टाको प्रयासपछि उक्त लास फेला  परेको सशस्त्र विओपी रङ्गेली का प्रहरी निरीक्षक राजु श्रेष्ठले जानकारी दिएका छन्  ।

समाचार