रेडक्रसको जग्गा पूर्व वडा अध्यक्षद्वारा अनाधिकृत रुपमा भोगचलन  ।थारु पाेर्टल

रेडक्रसको जग्गा पूर्व वडा अध्यक्षद्वारा अनाधिकृत रुपमा भोगचलन  ।थारु पाेर्टल

असार २६ बुधबार

रविन्द्र बराल

नेपाल रेडक्रस सोसाइटीको जग्गा अनाधिकृत रुपमा भोगचलन गरेको पाइएको छ । मोरङको सुनवर्सी नगरपालिका-६ कैरनजामा रहेको नेपाल रेडक्रस सोसाइटी विराटनगरकाे १७ कठा जग्गा लामो समयदेखि सो गाउँपालिकाका पूर्व वडा अध्यक्षले अनाधिकृत रुपमा उक्त जग्गा भोगचलन गरेको पाइएको हो।

 

रेडक्रस सोसाइटी विराटनगर शाखाले २०४४ सालमा खरिद गरेको १७ कट्टा जस्मा  सराेकारवाला   निकायले चासो नदिदा उक्त जग्गाको उब्जनि पूर्व बडा अध्यक्ष तेजनारायण ताजपुरियाले उपभोग गरिरहेका छन । जग्गा उपभोग गरेवापत रेडक्रसलाई दिनुपर्ने रकम समेत नदिएकाे र एकलौटी रुपमा पूर्व वडा अध्यक्षले जग्गा खनजोत गरेर बाली लगाउदै आएको रेड क्रस सोसाइटी उपचार केन्द्र गोविन्दपुरका अध्यक्ष लालबहादुर ताजपुरियाले बताए ।

 

२०४४ सालमा बक्राहा खोलामा आएको वाडिले खोलाको किनारमा बस्दै आएका २२ घर परिवार विस्थापित भएपछि रेडक्रसको सो जग्गामा उनिहरुलाई व्यवस्थापन गरिएको थियोे । २०५७ सालमा वाडि पिडितहरु आफैले साे जग्गा छाडेर अन्यत्र गएपछि विवगत २४ वर्ष तेज नारायण ताजपुरियाले एकलीटी रुपमा जग्गाकाे आमदानी भोगचलन गर्दै आएका छन । सो जग्गाबाट आउने उब्जनी समेत उनले आफै नै उपयोग गर्दै आइरहेको र हालसम्म उक्त खेतबाट आएको रकम पनि के कति भयो कुनै हिसाब लेखाजोखा नराखेको र जिल्ला रेक्रेस कार्यालयले समेत उक्त जग्गाको विषयमा कुनै चासो नराखेको पाइएको छ।

 

उनलेे २४ वर्षदेखि जग्गा भोगचलन गरेपनि सो वापत उनले कुनैपनि रकम रेडक्रस शाखालाई नबुझाएको पाइएको छ । रेडक्रस शाखा मोरङ जिल्लाका अध्यक्ष सुबोध कुमार सिहले जग्गाकाे विषयमा आफूलाई कुनै पनि जानकारी नभएको भन्दै पन्छिन खोजेका छन्। उनले भने २४ बर्षदेखि आफ्नो शाखालाई कुनै पनि जग्गाको रकम हालसम्म उपलब्ध नभएको स्वीकार गरेका छन्। उनका अनुसार उक्त रकम आफूले जसरी भएपनि छानबिन गरेर दोषीमाथि कारबाही गरी २४ बर्षकाे पैसा असुली गर्ने उनले बताए ।

समितिका सचिव बैजनाथ झा का अनुसार उक्त जग्गाको बार्षिक २५ हजार रुपैयाँको दरले पुर्व वडा अध्यक्ष ले ठेक्काकाे रकम दिदै आईरहेकाे र आफूहरूले समेत जग्गाको रकमको खोजबिन गर्दा आफूहरूलाई समेत जिल्लामा सबै रकम बुझाउँदै गरेको ताजपुरीयाले बताउदै आएकाे झाले बताएका छन्। पूर्वअध्यक्ष तेज नारायण ताजपुरीसंग सम्पर्क गर्दा उनले भने आफूले बर्षिक रुपमा जिल्ला शाखा लाई रकमा बुझाउदै आएको दाबी गरेका छन ।

सो विषयमा रेडक्रस शाखा साेसाईटि उपचार केन्द्र सुनवर्सीका अध्यक्ष लालबहादुर ताजपुरियाले त्यो जग्गाको हिसाबकिताब हालसम्म पनि नदिएको बताउनुभयो । आफू अध्यक्ष भएपनि जग्गाको हिसाव किताव वारे कुनै जानकारी नदिएको उहाको भनाई छ । यसरी सार्वजनिक सम्पत्तिमा समेत पूर्व वडा अध्यक्षको हालीमुहाली भएपछि अहिले चौतर्फी विरोध भईरहेको छ। यस विषयमा सम्बन्धित निकायले ध्यान दिनु जरुरी देखिन्छ । अहिलेको मुल्याङ्कन गर्ने हो भने विगत २४ वर्षदेखिको उक्त रकम भरपाई क्षतिपूर्ति सहित तिर्नुपर्ने देखिन्छ उनले हालसम्म तिर्नुपर्दा ६ लाख रुपैयाभन्दा बढी रकम जिल्ला रेडक्रस कार्यालय बुझाउनुपर्ने देखिन्छ तर जिल्ला रेडक्रस तथा स्थानीयको मिलेमतोमै सो कार्य भएको स्थानीयले समेत आरोप लगाउँदै आएका छन् । अहिले रेडक्रस साेसाईटि उपचार केन्द्र सुनवर्सि ६मा रहेको ले बेकामे बनेको छ । सम्धित निकाय ले समयमै ध्यान दिनुपर्ने देखिन्छ ।

समाचार