कानेपाेखरी गाउँपालिकाकाे ६५ करोड ५७ लाख २५ हजारकाे  बजेट सार्वजनिक । शिक्षा ,स्वास्थ्य र कृषीमा ठुलाे धमाका ।थारु पाेर्टल ।

कानेपाेखरी गाउँपालिकाकाे ६५ करोड ५७ लाख २५ हजारकाे  बजेट सार्वजनिक । शिक्षा ,स्वास्थ्य र कृषीमा ठुलाे धमाका ।थारु पाेर्टल ।

साउन।१।म‌ँगलबार

विद्यानन्द चाैधरी

कानेपोखरी । माेरङको कानेपोखरी गाउँपालिकाले  आज मङ्गलबार पत्रकार सम्मेलन  गरी आर्थिक वर्ष २०८१र २०८२मा ६५ करोड ५७ लाख २५ हजारकाे  बजेट  कानेपोखरी गाउँपालिकाका प्रवक्ता  तथा वडा न २ का वडा अध्यक्ष  सुशील बुढाथोकीले सार्वजनिक गराउनु भयो । ।

 

 

अनुदानबाट १२ करोड ८८ लाख,सङ्घीय सशर्त अनुदान २४ करोड ३९ लाख,,सङ्घीय राजश्व बाँडफाँडबाट १० करोड २६ लाख, सङ्घीय समपुरक अनुदान,१ करोड ५० लाख ,सङ्घीय विशेया अनुदानबाट १ करोड ५० लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । यस्तै प्रदेश समानीकरण अनुदान ८१ लाख ३४ हजार ,प्रदेश राजश्व बाँडफाँड५२ लाख २९ हजार । प्रदेश सशर्त अनुदान ५९ लाख २३ हजार , प्रदेश समपुरक अनुदान १ करोड आम्दानी हुने अनुमान गरिएको छ ।

यस्तै आन्तरिक आम्दानी तर्फ घरजग्गा रजिष्ट्रेसबाट १ करोड ५० लाख,वडाबाट  २ करोड,खोला ठेक्काबाट २ करोड,बैंक मौज्दात र अल्या ७ करोड आम्दानी हुने अनुमान गरिएको छ । यस्तै खर्च तर्फ चालु खर्चमा ८ करोड १ लाख र पुँजीगत खर्चमा पूर्वाधारमा ३ करोड ९६ लाख ,आर्थिक विकासमा १ करोड ३७ लाख ५० हजार ,शिक्षा तथा सामाजिक विकास तर्फ ५ करोड २१ लाख ९६ हजार ४५ रुपियाँ खर्च हुने अनुमान गरिएको छ । यसैगरी बन वातावरण तथा विपद् ब्यवस्थापनमा १ करोड १६ लाख,संस्कृति प्रवद्र्धनमा ३३ लाख,पञ्जिकरण तथा सामाजिक सुरक्षामा सशर्त बाहेक ५ लाख ७५ हजार ,संस्थागत विकासमा १ करोड १३ लाख र भूमि ब्यवस्थापनमा ४६ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

पालिकाले २५ प्रतिशत अनुदानमा धान काट्ने मेसिन खरिदका लागि २० लाख रुपियाँ विनियोजन गरेको छ । यस्तै चालु आव देखि किसानले सिंचाईका लागि जोडेका विद्युत मिटरमा उठ्ने महसुल पालिकाले भुक्तान गरिदिने भएको छ । जुन कार्यक्रमका लागि १० लाख रुपियाँ छुट्याइएको छ । नयाँ माछापोखरी खन्ने किसानलाई  ५० प्रतिशत अनुदानको कार्यक्रमलाई निरन्तरता दिइएको छ भने बालि वीमाको कार्यक्रमका लागि ३ लाख रुपियाँ छुट्याइएको छ । यस्तै कृषि चुन वितरणका लागि १० लाख रुपियाँ जैविक विषादी उत्पादनका लागि ३ लाख रुपियाँ ,सुरक्षित आवासका कार्यक्रमका लागि ५० लाख  र नागरिक आवास निर्माणका लागि १ करोड रुपियाँ विनियोजन गरिएको छ । चालु वर्ष देखि विद्यालयका प्रअलाई सञ्चार खर्च दिइने भएको छ । जसका लागि ३ लाख रुपियाँ विनियोजन गरिएको छ । एसइइ दिने विद्यार्थीलाई निशुल्क अतिरिक्त कक्षा सञ्चालनका लागि पालिकाले ५ लाख रुपियाँ छुट्याएको छ ।

पालिकाले अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिने भएको छ । निशुल्क शिक्षा,पालिकाको ईच्छा ।प्राविधिक विद्यामा रोजगारी कानेपोखरीका छोरा छोरी सासुको ईच्छा बुहारीलाई शिक्षा ,अति विपन्न परिवारका सदस्यको मृत्यु संस्कारमा आर्थिक सहयोग,छात्रासँग अध्यक्ष जस्ता कार्यक्रमले निरन्तरता पाएका छन् । यस्तै पालिकाले यसै वर्ष देखि विपन्न परिवार भित्रका ग वर्गका अपाङ्गता भएका ब्यक्तिलाई मासिक १ हजार रुपियाँ भत्ता दिने ब्यवस्था सुरु गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष राजमति इङ्नामको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारले सोधको प्रश्नको अध्यक्ष इङ्नाम,प्रवक्ता बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जवाफ दिनुभएकाे थियाे भने सम्मेलनमा कानेपाेखरी पथरी उर्लाबारी  बेलबारी र सुनदर हरैचाका पत्रकारहरुकाे बाक्लाे उपस्थितिमा वडा न ३ र ७ का वडा अध्यक्षहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।

समाचार होमपेज