श्रावण २२ मंगलबार
रबिन्द्र बराल
मोरङको रंगेली नगरपालीका ४ आमतोला बसोबास गर्दै आएका भयाे हस्दा का १२ बर्षका छाेरा देव हस्दा दुई महिना देखि आर्थिक अवस्थाका कारणले अस्पतालको सैयामा छटपटाइरहेकाेे समचार विभिन्न सन्चार माध्यम बाट प्रकाशित भए पछि एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बि.क र महासचिव पंकज श्रेष्ठकाे पहलमा पुर्वि अफ्रीका सेसेल्समा कार्यरत नेपालिहरुको सामुहिक रुपमा सङ्कलित रकम देव हस्दाकाे आमा पार्वती हस्दा लाई हस्तान्तरण गरिएको छ ।
नेपाली हरुले बालककाे उपचारका लागि ६० हजार १ सय रुपैयाँ सङ्कलन गरेर पठाएका हुन । मंगलबार पिडित परिवारकाे घरमा पुगेर महासचिव पंकज श्रेष्ठकाे श्रीमती रंन्जना श्रेष्ठ ले ६० हजार रुपैयाँ र स्थानीय शान्ता श्रेष्ठले समेत बिरामीको उपचारका लागि आफ्नो तर्फबाट ५ सय रुपैयाँ समेत सहयोग गर्नु भएको थियोे ।
आर्थिक अभावका कारण अहिले बिरामी छाेरा लाई घरमा राखेर दिनभर उपचारका लागि आमा अहिले गाउँघरमा ५, १० रुपैयाँ उठाएर हिड्न बाध्य रहेकाेे उनलेे बताईन । धरान स्थित वीपी कोइराला प्रतिष्ठानमा उपचार गराउदै आईरहेता पनि दबाइ खर्चको लागि आर्थिक नभएपछि अस्पतालले समेत उनीहरुलाई डिस्चार्ज गरेर घर पठाएको उनका आमा पार्वतीले बताएकी छन् ।
उनका बुवा र आमाले आफ्नो छोराको उपचारका लागि अहिलेसम्म ५ लाख रुपैयाँ सम्म खर्च गर्दा समेत निकाे हुन सकेको छैन । देश बिदेशमा रहेका युवा तथा स्थानीय हरुले समेत सहयोग गरेता पनि अझै उपचारमा रकमकाे आवस्यकता कायमै रहेको हुनाले पुनः छाेराकाे उपचारका लागि सबै लाई सहयोग गरि छाेरा लाई बचाईदिन आम पार्वती हस्दाँले हारगुहार गरिरहेकी छन ।
सहयोगी मनहरुले नेपाल बैंकमा PARWATI HASDA ( पार्वती हाँस्दा) काे नाममा रहेको खाता नम्बर 03101107737677000001 मा देशविदेश तथा विभिन्न व्यक्तिहरूले सहयोग गर्ने आमा पार्वती ले समेत आग्रह गरिरहेका छन् । अहिले उनीहरूको घरमा खाद्यान्नसमेत नभएपछि केही दिन अगाडि मात्रै स्थानीयहरुले सहयोग गरेर उनीहरुलाई खाद्यान्न सहयोग गरेका थिए ।
अहिले उनीहरूको घरमा चामल समेत नभएपछि स्थानीयले सहयोग गरेकी चामल थोरै खाँदै गरेको उनले बताईन ।