राजेश कुमार राजवंशी
श्रावण २३।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो स्थापना दिवस श्रावण २७ मा हरेक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ। यस वर्ष फोनिज स्थापनाको २५ वर्ष पुरा गरि २६ वर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा रजत वर्ष समारोहमा प्रदान गरिने फोनिज राष्ट्रिय पत्रकारिता सम्मान-२०८१, फोनिज राष्ट्रियपत्रकारितापुरस्कार-२०८१ र फोनिज मातृभाषा पत्रकारिता सम्मान-२०८१ छनौट सम्बन्धी निर्णय सार्वजनिक गरिएको छ ।
नेपालआदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय सचिवालय बैठकले पुरस्कार तथा सम्मानको छनौटका लागि पुरस्कार तथा सम्मान छनौट समिति गठन गरेको र सो समितिले प्रक्रिया बमोजिम सम्मान र पुरस्कारका लागि पत्रकार र संस्थाको नाम छनौट गरी संघीय सचिवालयलाई बुझाएकोमा मिति २०८१ साउन २२ गते बसेको सचिवालयको बैठकले अनुमोदन गरेको छ ।
सम्मान तथा पुरस्कारका लागि छनौट हुनुभएका फोनिजकर्मी र संस्था देहाय बमोजिम रहेको छ ।फोनिज राष्ट्रिय पत्रारिता सम्मानमा नगद राशी रु २५हजार। विजयरत्न तुलाधार (अनलाईन) ललितपुर फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१नगद राशी रु रु २५हजार।पुष्पहरि क्याम्पा राई (टेलिभिजन) ओखलढुङ्गा।फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८१नगद राशी रु २५हजार।लौव अग्रासन (थारु) दाङ।फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१नगद राशी रु २०हजार।सटेन्द्र जबेगु (अनलाईन) ईलाम।फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१नगद राशी रु रु २०हजार।।विष्णु तामाङ (छापा) काठमाडौं।फोनिज राष्ट्रिय पत्रकातिा पुरस्कार २०८१नगद राशी रु २०हजार।। खिमा गुरुङ (रेडियो) कास्की।फोनिज राष्ट्रिय पत्रकारिता सम्मान छनौट समितिका संयोजक र फोनिज को का वा महासचिव समीर बलामी ले बताउनु भयो ।