कानेपाेखरीमा पनि मनायाे ३०औ विश्व आदीवासी जनजाती दिवस ।जल, जँगल, जमिन आदीवासी जनजाती काे हाे ।थारु पाेर्टल

कानेपाेखरीमा पनि मनायाे ३०औ विश्व आदीवासी जनजाती दिवस ।जल, जँगल, जमिन आदीवासी जनजाती काे हाे ।थारु पाेर्टल

विद्यानन्द चाैधरी

साउन।२६।कानेपाेखरी 

जल ज‌गल जमिन आदीवासी जनजाती काे हाे ।

माेरङ्गकाे कानेपाेखरी गाउँपालिकामा पनि  ३०औ विश्व आदीवासी जनजाती दिवस तथा आदीवासी जनजातीकाे वर्तमान परिस्थितबारे १ दिने अन्तरकृया कार्यक्रम साउन २५गते आदीवासी जनजाती महास‌घ कानेपाेखरीकाे सभाहलमासम्पन्न भएकाे छ ।

उक्त कार्यक्रममा आदीवासी जनजाती महास‌घ कानेपाेखरीकाे सभापती खुल्लु राजव‌शीकाे अध्यक्षतामा सुरु भएकाे कार्यक्रममा पालिका अध्यक्ष स्थानिय सरकार प्रमुख राजमति इङ्गनामकाे प्रमुख आतिथियता रहेकाे थियाे भने माझी  थारु, धिमाल, राई ,तामाङ्ग, नेवार, स‌थाल ,उराउ, राजब‌सी, भुजेल ,लगायतकाे सभापतीहरुकाे आतिथियता  रहेकाे थियाे  ।

३० औँ विश्व आदिवासी दिवसको अवसरमा आदिवासीहरुकोे विभिन्न संघसंगठनहरुको नेतृत्वमा आफ्नो कला प्रदर्शन गर्दै  सम्पन्न गरेको हो ।
“पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाती एक हौँ, परम्परागत ज्ञान र सीपको प्रवद्र्धन गर्दै पुख्र्यौली भूमी, भाषा र संस्कृतिको संरक्षण गरौँ”

३० औँ विश्व आदिवासी दिवसबाट संविधानले दिएको संरक्षित कुरा राज्यले नदिएका कारण राज्यलाई घचघच्याउन केन्द्रित रहेको छ । संविधानले दिएको अधिकार कार्यान्वयन गराउनेतर्फ केन्द्रित रहदै संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर्नुपर्ने, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर्नु पर्ने विश्व आदिवासी दिवसको शन्देस रहेको छ ।
प्रकास धिमलले ३० औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । आदिवासीहरुको कला, संस्कृतिहरु प्रमुख र महत्वको साथ सरकारले संरक्षण गर्ने नीति लिनु पर्ने बताउनु भएको छ ।
आदिवासी जनजाती महासंघ माेरङ्ग तथा पुर्व सभापती भाेज विर माझीले आदिवासी जनजातीलाई ५भागमा विभाजन  गरीएकाे छ  जसमा उन्नत जाती सिमान्तकृत अती सिमान्तकृत  लाेपनमुख  जाती भनेर छुट्याएकाे छ । संस्कृतिलाई सम्मा गरौँ भन्दै शुभकामना ब्यक्त गर्नु भएको छ ।
कार्यक्रमकाे प्रमुख अतिथी कानेपाेखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले आदीवासीकाे कार्यक्रममा आदीवासीकाे मुद्धालाई अगाडी वढाउदा राम्राे कुने राजनिति बहस गर्ने हैन जातिय कार्यक्रममा जातीकाे कुरा गर्दा राम्राे हुने समेत सुझाव दिनुभयाे भने ।कानेपाेखरीमा ५२%
आदिवासी जनजातीकाे जनस‌ख्या रहेकाे छ जसमा सबै जातजातीकाे महाराज थान निर्माण गरेकाे र शिक्षा स्वास्थ्य र कृषीमा पालिका वढि जाेड दिएकाे वताउनु भयाे ।
थारु, राजब‌सी, तामाङ्गजातीकाे नृत्यले कार्यक्रम निकै रमाईलाे भएकाे जानकारी आदीवासी जनजाती महास‌घ कानेपाेखरीकाे सभापती खुल्लु राजव‌शीले दिनु भयाे ।।
जाति विशेष समाचार