विद्यानन्द चाैधरी
कानेपाेखरी
थारु सामुदायमा अहिलेे रैव पर्व धेरैनै लोकप्रिय बन्दै गएको छ । थारु कल्याण कारिणी सभा कानेपाेखरी माेरङ्गले यस पटक बृहत सामुहिक रैव दही च्युरा खाने कार्यक्रम यही भदाै २३ गते पालिका भरीका थारु समुदायले पहिलाे पटक एक साथ मनाउने भएकाे छ । प्रत्येक बर्षको भदौ महिना भरी वा कृष्ण अष्टििपछीकाे आइतबार रैब पर्व मनाउदा निकै राम्राे हुने छ ।
थारु कल्याण कारिणी सभा कानेपाेखरीकाे कार्य समितीकाे बैठक बाट एक साथ रैव मनाउने निर्णय पारीत गर्दै कानेपाेखरी २मा रहेकाे थारु कल्याण कारिणी सभा हलमा २३ गते सबै थारुहरु भेला भई रैव मनाउने जानकारी जिल्ला कार्य समिति सदस्य रखीलाल चाैधरीले जानकारी गराउनु भयाे ।
यो पर्वमा नुन, तेल नखाने प्रचलन रहेकाे छ । यस दिन खानामा विशेष गरी दुध-दहि वा विभिन्न परिकारहरु, फलफूल तथा मिठाइहरू खाने र आफ्ना छाेरी चेलीलाइ माइत बाेलाउने अनि मिठाे मसिनाे खुवाएर उपहार समेत दिने र रमाइलाे गर्ने गरिन्छ ।
यो पर्व पुर्ब देखि पश्चिम सम्मका थारूहरुले मनाउने गरेको छ । पुर्वकाे थारु सामुदायमा यसलाइ रैव पर्व भनेर मनाइन्छ भने पश्चिमेली तथा मध्य पश्चिममा अट्वारी पर्व भनेर पनि मनाउने गरिन्छ ।खासगरी, खेतीपाती रोपाई सकिएपछि खेतिकाे बेलामा जान अन्जान किरा फट्याग्राहरु माेरेकाेमा क्षमा याचना वा बाली सप्रिने तथा उब्जा बढी हुने धार्मिक मान्यताका साथ पूर्वी मोरङ , सुनसरी, लगायतका थारु समुदायले रैब पर्व मनाउँदै आएको छ ।