CHITFकाे रेफ्री तथा टेक्निकल सेमिनार काेर्ष सम्पन्न ।थारु पाेर्टल

CHITFकाे रेफ्री तथा टेक्निकल सेमिनार काेर्ष सम्पन्न ।थारु पाेर्टल

विद्यानन्द चाैधरी 

कानेपाेखरी 

माेरङ्ग जिल्लामा पहिलाे पटक CHITFले रेफ्री तथाटेक्निकल सेमिनार काेर्ष सम्पन्न गरेकाे छ । कानेपाेखरीमा  छुट्टै पहिचान वनाएकाे CHITFले यहि भाद्र ७ र ८गते जनसेवा मावीकाे सभा हलमा कानेपाेखरी र उर्लाबारी गरी जम्मा २०जना खेलाडी हरुलाई रेफ्री तथाटेक्निकल सेमिनार काेर्षकाे तालिम CHITFका केन्द्रिय उपाध्यक्ष आशमा श्रेष्ट र नितेस राैनियारले  दिएका थिए ।

भाद्र ८गते एक औपचारीक कार्यक्रमकाे आयाेजना गरी कार्यक्रम समापन गरीएकाे थियाे ।माेरङ्ग CHITFका जिल्ला अध्यक्ष तथा सँस्थापक गुरु युवराज भुजेलकाे अध्यक्षता सँचालन भएकाे कार्यक्रममा कानेपाेखरी गापा वडा न ६ का  वडा अध्यक्ष खडग बहादुर वस्नेतकाे प्रमुख आतिथियता रहेकाे कार्यक्रममा जनसेवा मावीकाे प्रधानाध्यापक प्रमाेद निराैल रमाईलाे जनएकता सकाेसका अध्यक्ष  त्रिभुनाभ फुयल  CHITFका केन्द्रिय उपाध्यक्ष आशमा श्रेष्ट र नितेस राैनियार लगायतकाे विशिष्ट आतिथियता रहेकाे थियाे भने दान बहादुर वस्नेत एविन पाठक सनसिला पटेल लगायतकाे आतिथियता रहेकाे थियाे ।

उक्त कार्यक्रमा ३ वटा विद्यालय क्रमस जनसेवा मावी  वाल सँसार ई स्कुल सनसाईन ई स्कुललाई सम्मान गरेकाे थियाे ।भने एसिएन खेलमा काठमाडाै जादा आर्थिक सहयाेग गर्नुहुने सहयाेगी दाताहरुलाई समेत  सम्मान पत्रले सम्मान गरेका थिए । २जना गुरुहरुकाे स्तर उन्नती समेत भएकाे थियाे । २डान बाट ३ डान  हुनेमा माेरङ्ग CHITFका जिल्ला अध्यक्ष तथा सँस्थापक गुरु युवराज भुजेल र ईन्दिरा थापा रहेका छन भने १ डान वाट २ डान हुने २ जना र बाकी ११जन १ डानकाे प्रमाणपत्र CHITFका केन्द्रिय उपाध्यक्ष आशमा श्रेष्टले वितरण गर्नु भयाे ।

 

खेलकुद समाचार