नेपालकै सबैभन्दा पुरानो र ठूलो रथयात्राका रूपमा परिचित विराटनगरमा राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा ।थारु पाेर्टल

नेपालकै सबैभन्दा पुरानो र ठूलो रथयात्राका रूपमा परिचित विराटनगरमा राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा ।थारु पाेर्टल

विराटनगर, भदौ १० –

नेपालकै सबैभन्दा पुरानो र ठूलो रथयात्राका रूपमा परिचित विराटनगरमा राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ। यस वर्षको रथयात्रामा नेपाल र भारतका ५ लाखभन्दा बढी भक्तजनहरुको सहभागिता हुने अपेक्षा गरिएको छ। रथयात्रा समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले यसबारे जानकारी दिएका हुन्।

रथयात्राले विराटनगरको बजारभित्र ९ किलोमिटरको यात्रा तय गर्नेछ। यो यात्रा सम्पन्न हुन करिब ६ घण्टा लाग्नेछ भने यात्राका क्रममा ४३ स्थानमा रथलाई विश्राम गराइनेछ। रेग्मीका अनुसार, १९८८ सालदेखि ‘खट’ यात्राको रूपमा प्रारम्भ भएको यो परम्परा, २०२५ सालदेखि रथयात्राको रूपमा आयोजना गर्न थालिएको हो।

जनविश्वास अनुसार, रथको डोरी छोएमा मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने मान्यता रहेको छ।

सुरक्षा निकायले यसपटकको रथयात्रामा विशेष सतर्कता अपनाउँदैछ। भीडको फाइदा उठाउँदै चोरी, पकेटमारी, र महिलामाथि दुर्व्यवहारलगायतका घटना हुन सक्ने सुरक्षा विश्लेषण गरिएको छ। स्थानीय प्रशासनले यात्रा अवधिभर सुरक्षा व्यवस्थामा कडाई गरिने जनाएको छ।

धर्म समाचार