पथरी शनिश्चरे समाचारदाता,
भदाै-१२ गते
पथरिशनिश्चरे -१ को भुल्के जालपादेवी मन्दिर परिसरमा अखिल नेपाल महिला सङ्घ, पथरिशनिश्चरे नगरकमिटीद्वारा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ।
आज बुधवार तीज विशेष तथा वन्यजन्तुलाई फलफूल खुवाउनुका वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो। अनेमसंघ, केन्द्रीय सदस्य तथा मोरङ ईन्चार्ज धना तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आँप, लिची,मेवा, केरा, आदि प्रजातिका विरूवाहरू रोपिएको थियो भने वन जंगलमा रहेका वाँदर, चराचुरुङ्गी, समेतलाई केरा लगायत फलफूल खुवाइएकाे थियाे। सो अवसरमा अनेमसंघ केन्द्रीय सदस्य यमुना विष्ट बास्तोलाले अगाडि भन्नुभयो -” शहर बजारमा महिला दिदीबहिनीहरुले मौलिक तीज पर्वलाई दुई महिना अघिदेखि मनाउँदा भड्किलो हुँदै गएकोले नेपाली सांस्कृतिक परम्परा विस्थापित हुँदै औल्याउनु भयो।
उहाँले “हाम्रो साझा तीज पर्वलाई विपन्न वर्गका महिलाहरुले यो पर्व मनाउन समस्या उत्पन्न हुँदै गएको ” उल्लेख गर्नु भएको थियो। अनेमसंघ पथरिशनिश्चरे नगरकमिटीकी अध्यक्ष शारदा बस्नेतको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा एमाले निकट पथरिशनिश्चरे नगरकमिटीका ईन्चार्ज दिलिप कुमार राई, वडा नम्बर -१ का वडा अध्यक्ष भीमकुमार राई, जिल्ला कमिटीका सदस्य बाबुराम एङ्देन, नगरकमिटीका अध्यक्ष रमेश दहाल, वडा नम्बर -८ का वडा अध्यक्ष नवीनजंग कार्की, जिल्ला कमिटीका सदस्य भगतचन्द्र थपलिया , अनेमसंघका प्रदेश, जिल्ला र नगर कमिटीका पदाधिकारी लगायतको बाक्लो उपस्थिति रहेको थियो। सोहि क्रममा विभिन्न तीज गीतहरुमा महिला दिदीबहिनीहरुले छमछमी नाचेका थिए।