पथरी समाचारदाता
भदाै-२० गते
दुर्गा मावि पथरी शनिश्चरे नगरपालिका वडा न. ७ मोरङले आयोजना गरेको अन्तर मावि हाजिरी जवाफ कार्यक्रम आज सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका भित्रका अन्तर सामुदायिक माध्यमिक विद्यालय स्तरिय कार्यक्रम दिउसो ११ः३० बजेबाट सुरु भएर दिउसो- ३ बजेको समयमा सम्पन्न भएको हो ।
नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयबाट प्रश्नहरुको छानौट गरिएको हाजिरी जवाफ कार्यक्रममा आयोजक विद्यालय सहित जम्मा- ११ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोतात्मक रुपमा संचालन भएको हाजिरी जवाफ कार्यक्रममा पथरी शनिश्चरे १ को पञ्चायत माविका विद्यार्थी प्रथम भएका छन ।
प्रथम भएका विद्यार्थीलाई नगद पुरस्कार २ हजार रुपैयाँ र प्रमाण पत्र पथरी शनिश्चरे नगरपालिका कार्यालयका नगर खेलकुद तथा शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी र विराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरे- १ मोरङका संरक्षक योगेन्द्रमान कार्कीले संयुक्त रुपमा प्रदान गरेका थिए । यस्तै पथरी शनिश्चरे- ७ को चन्द्र किराँतेश्वर मावि दोस्रो, पथरी शनिश्चरे- ४ को भागिरथ मावि तेस्रो र पथरी शनिश्चरे- ५ को सुगाहाट मावि र आयोजक दुर्गा मावि सान्तावना भएका उनीहरुलाई विद्यालयका प्रधानाध्यपक यादव घिमिरे, भूपु सैनिक अंग्रेजी स्कुलका प्रिन्सिपल उपेन्द्र कँडेल र मनकामना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष मोहन कुमार श्रेष्ठले पुरस्कार रकम र प्रमाण पत्र प्रदान गरे
। दोस्रो स्थान भएका चन्द्र किराँतेश्वर माविबाट सहभागिता भएकालाई १ हजार ५ सय नगद पुरस्कार सहित प्रमाण पत्र, तेस्रो भएका भागिरथ माविबाट सहभागीलाई नगद १ हजार रुपैयाँ पुरस्कार सहित प्रमाण पत्र र सान्तवना सुगाहाट मावि र दुर्गा माविलाई नगद पुरस्कार समान ५ सय रुपैयाँ र प्रमाण पत्रको व्यवस्था गरेको थियो । प्रतियोगिता अवधिमा सुगाहाट मावि र दुर्गा माविको समान ८ अङक भएको हुनाले दुवै विद्यालयका विद्यार्थीहरुलाई सान्तवना पुरस्कार प्रदान गरिएको आयोजक विद्यालयका शिक्षक केशव न्यौपानेले बताए ।
कार्यक्रममा पथरी शनिश्चरे- १ को सुनाखरी मावि, पथरी शनिश्चरे ३ को जनता मावि, पथरी शनिश्चरे- ५ को अमरसिंङ मावि, पथरीशश्चिरे -७ को बालकल्याण मावि, पथरी शनिश्चरे -८ को बुद्ध मावि र पथरी शनिश्चरे ९ को सिहबाहिनी माविमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । पुरस्कार छनौट नपरेका सहभागी विद्यार्थीहरुलाई यातायात खर्च उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक यादव घिमिरेले जनाए । विराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरे १ मोरङका अध्यक्ष बिराज राजा कार्की (हाल अमेरिका) र संरक्षक योगेन्द्रमान कार्कीको आर्थिक सहयोगमा यो कार्यक्रम आयोजना भएको थियो ।
ब्याच र खदाको स्थानमा विद्यार्थीहरुले तयार पारेको सिलाम साक्माले अतिथीहरुलाई सत्कार गरेको थियो भने अतिथीहरुलाई शिक्षिकाहरुले तयार पारेको सत्यजीवनक बिरुवा रोपिएको गमला मायाको चिनोको रुपमा प्रदान गरेको थियो । कार्यक्रममा आर्थिक सहयोग गर्ने संस्था विराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरे १ मोरङका संरक्षक योगेन्द्रमान काकीलाई कद्धरपत्रले सम्मानित गरिएको थियो ।