भदौ १९ बुधबार
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा घारी भित्र मृत अवस्थामा फेला परेका दुईजना नाबालिकाहरुको हत्या आफ्नै आमाले गरेको स्वीकार गरेकी छिन्। निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति पत्नी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । विवादपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिइन् । अस्मिताले प्रहारी बयानमा भनिन् `मैले सुरुमा विष पिएँ मलाई छाती पोल्न थाल्यो ।
म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ काे स्युकार गरेकि छन । अस्मितालाई प्रहरीले बुधबार बिहान झापाबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय माेरङले आज पत्रकार सम्मेलन गर्दे सार्वजनिक गरेको छ ।