एउटा पालिकाविरुद्ध गरेको आन्दोलनलाई अर्को पालिकाका प्रमुखहरुले साथ दिदै ।थारु पाेर्टल

एउटा पालिकाविरुद्ध गरेको आन्दोलनलाई अर्को पालिकाका प्रमुखहरुले साथ दिदै ।थारु पाेर्टल

भदाै।२८।कानेपाेखरी 

मोरङको रंगेली नगरपालिकाविरुद्ध नेपाली कांग्रेसले केही दिनयता आन्दोलन गरिरहेको छ ।जसमा नगरपालिकाले भूमि तथा मालपोत कर वृद्धि गरेको भन्दै विरोधमा भइरहेको आन्दोलनमा अनेक दृष्य देखिन्छ । एउटा राजनीतिक दलले एउटा पालिकाविरुद्ध गरेको आन्दोलनलाई अर्को पालिकाका प्रमुखहरुले साथ दिइरहेका छन् ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आफैं आन्दोलनकारी बनेर नाराबाजी र प्रदर्शनमा सहभागी भए । मेयरका रूपमा नभइकन कांग्रेसको जिल्ला उपसभापति बनेर आफू आन्दोलनमा सहभागी भएको उनको बताए ।

धनपालथान गाउँपालिकाका प्रमुख जीवछप्रसाद गच्छदार पनि रंगेलीका पीडित जनताजस्तै गरेर आन्दोलनकारी बन्न पुगे । आन्दोलनमा उपस्थिति र सक्रियता हेर्दा रंगेली नगरपालिकाले बढाएको करका कारण गच्छदार सबैभन्दा बढी पीडित भएजस्तो देखिन्थ्यो ।

आन्दोलनकारीको सहयोगी बनेर १ जना शिक्षक प्रहरीमाथि जाइलागेको देखिन्छ । घटना बिहान ९ः३० देखि १० बजेतिरको हो । विद्यालयमा पढाउन छाडेर आन्दोलनको साक्षी बन्न पुगेका शिक्षक कमलेश मण्डल प्रहरीमाथि जाइलागेका हुन् ।

एउटा पालिकाविरुद्ध राजनीतिक दलले गरिरहेको आन्दोलनको अग्रमोर्चामा अर्को पालिका प्रमुखहरु देखिनु आश्चर्यजनक विषय भएको सरोकारवालाहरु बताउँछन् । प्रदर्शनमा पालिका प्रमुखहरु सशरीर सहभागी भएको विवादास्पद विषय सेलाउन नपाउँदै आन्दोलनमा शुक्रबार अर्को अनौठो दृष्य देखियो ।

आन्दोलनकारीको सहयोगी बनेर १ जना शिक्षक प्रहरीमाथि जाइलागेको देखिन्छ । घटना बिहान ९ः३० देखि १० बजेतिरको हो । विद्यालयमा पढाउन छाडेर आन्दोलनको साक्षी बन्न पुगेका शिक्षक कमलेश मण्डल प्रहरीमाथि जाइलागेका हुन् ।

उनी रंगेली नगरपालिका–७ स्थित चिनामारी आधारभूत विद्यालयका शिक्षक हुन् । नेपाली कांग्रेस रंगेली नगर सभापति जगरनाथ मण्डलका छोरा उनी कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको साधारण सदस्यसमेत छन् ।

आन्दोलनको नेतृत्व जगरनाथ र कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले गरिरहेका छन् । बुवाको नेतृत्वमा चलेको आन्दोलनमा पुगेका शिक्षक कमलेशले विवादास्पद भूमिका निर्वाह गरेको भिडियोमा प्रष्टसँग देख्न सकिन्छ ।

आन्दोलनकारीहरु बिहान ९ बजे नै नगरपालिकाको गेटअगाडि जम्मा भएका थिए । नगरपालिकाका कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गर्दै दुव्र्यवहार र हातपात गरेका आन्दोलनकारीले शुक्रबार बजार तथा यातायात बन्द गराए । आन्दोलन अराजक हुन थालेपछि प्रहरीले धरपकड गर्न थाल्यो ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्काको नेतृत्वमा प्रहरी परिचालन गरेका थिए । आन्दोलनकारीलाई तितरबितर बनाउन लागेको प्रहरीलाई शिक्षक मण्डलले अवरोध गर्न खोजेको प्रष्टसँग देख्न सकिन्छ । इन्सपेक्टर खड्काको नाकमा औंला ठड्याउँदै उनी प्रहरीप्रति आक्रामक शैलीमा प्रस्तुत भएको भिडियोमा देखिन्छ ।

आन्दोलनकारीलाई हटाएर बजार र यातायात खुलाउनुपर्ने दबाबमा रहेको प्रहरीले कमलेशको हर्कतलाई भने वास्ता गरेन । तर, आन्दोलनमा गएर १ जना शिक्षकले त्यस्तो हर्कत देखाउन मिल्थ्यो कि मिल्दैन थियो भनेर प्रश्न उठेको छ ।

सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक, शिक्षक वा कर्मचारी राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था पूर्ण कार्यान्वयन गरिने घोषणा गत जेठमा सरकारले गरेको थियो । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त व्यवस्था कार्यान्वयन गरिने उल्लेख गरेको छ ।स्थानीयका अनुसार कमलेशले खुलेर आन्दोलनमा सहयोग गरिरहेका छन् । लुकेर ‘साइड’बाट आन्दोलनकारीलाई उकास्ने गरेको आरोप लागेको छ । त्यो आरोप सत्य रहेको कुरालाई शुक्रबारको दृष्यले बल पुर्याएको छ ।

 

पढाउन छाडेर शिक्षक आन्दोलनमा सहभागी भएपछि चर्को आलोचना भइरहेको छ । स्थानीयहरु विद्यालय समयमा पढाउन छाडेर कमलेश आन्दोलनमा पुगेको बताउँछन् । आन्दोलनमा आएका मात्रै हैनन्, उनले उग्र शैलीमा प्रहरीसँग विवाद गरेको त प्रष्टै देखिन्छ ।

‘म शिक्षक हुँ’भन्ने दम्भ देखाएर प्रहरीलाई हातपातको प्रयास नै गरेको प्रत्यक्षदर्शीको भनाइ छ । विद्यालय समयमा विद्यालय जानुपर्नेमा आन्दोलनमा सहभागी भएपछि विद्यार्थीहरुले पढ्न नपाएको गुनासो अभिभावकहरुको छ ।

कमलेशमाथि पढाउनेभन्दा पनि राजनीतिक गतिविधिमा बढी सक्रिय रहने गरेको आरोप छ । ‘विद्यालयमा पढाउन जानुपर्ने मान्छे राजनीति गरेर हिँड्छन्,’ एक अभिभावकले भने, ‘हाम्रा छोराछोरीलाई चैं कसले पढाउँछ ?’ यस्ता शिक्षकलाई कारबाही हुनुपर्ने उनले बताए । सरकारी तलब र सेवा सुविधा लिएपनि पढाउन छाडेर पार्टीका कार्यक्रममा सक्रिय हुने गरेको गुनासो अभिभावक गर्छन् ।

शिक्षक कमलेश भने आफूले इन्सपेक्टरसहितका प्रहरीलाई संयमित हुन आग्रह गरेको दाबी गर्छन् । ‘म आन्दोलनमा गएकै छैन । नेपाल बैंकनजिक उभिएको थिएँँ । आन्दोलनकारीलाई लखेट्दै प्रहरी आएको देखें । त्यहाँभित्र मेरा भाइहरु पनि रहेछन् । इन्सपेक्टर चिनजानकै भएकाले प्रहरीलाई संयमित हुन आग्रह मात्रै गरेको हुँ,’ उनी भन्छन् ।

घटना केही नभएको र अतिरञ्जित मात्रै गर्न खोजिएको दाबी कमलेशको छ । ‘मेरो मर्यादा मलाई थाहा छ । आन्दोलन नगरपालिकातिर थियो । म नेपाल बैंक छेउमा थिएँ । आन्दोलनमा गएकै छैन,’ उनी भन्छन् । शिक्षक भएर आन्दोलनस्थलमा चैं कसरी देखिनु भयो त ? भन्दा उनले जवाफ दिन सकेनन् ।

बिहान साढे ९ बजेसम्म त्यहाँ रहेपनि दिउँसो स्कुल गएको र स्कुलको कार्यक्रम सकिएपछि मात्रै फर्किएको कमलेशको भनाइ छ । आन्दोलनमा सहभागी भएको कुनै ‘फुटेज’ देखाउन सकेमा आफू कारबाही भोग्न तयार रहेको उनले बताए । आफ्नो दायित्व पढाउने भएकाले आन्दोलनमा पार्टीको झण्डा बोकेर नजाने उनी बताउँछन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले घटना के भएको हो भनेर बुझ्ने काम भइरहेको बताए । रंगेलीमा परिस्थिति भड्किन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी उनले दिए ।

समाचार