असाेज १५
मोरङ रंगेली नगरपालिका वडा नम्बर ९ स्थित शान्तिचोकमा आईतवार बेलुकी आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षती भएको छ । मुकुन्द प्रसाद कोइरालाको अढाइ तले काठको घरमा अचानक बिधुतकाे तार सर्ट भइ आगलागि हुदा घरमा रहेकाे नगद ५० हजार रुपैयाँ सुन , चाँदी,,लत्ताकपडा ,खाधन्य लगायत पुर्ण रुपमा जलेर नष्ट भएको छ।
आगाे नियन्त्रणमा रंगेली नगरपालिकाकाे दमकल, कानेपाेखरीकाे दमकल ,नेपाल प्रहरी स्थानीय लगायत ले राति १० बजे पुर्ण रुपमा आगाे नियन्त्रणमा लिन सफल भएको थियोे । प्रहरीका अनुसार आगलागीबाट नगद पचास हजार अढाई तोला सुन २ लाख चालिस हजारकाेचाँदिकाे गहना पाँच तोला ९ हजार सात शय पच्चिस र अन्य अन्न पात,लत्ता कपडा भाडाबर्तन काठपात ,घरमा रहेको काठको अन्य सरसामानहरु काठको घर गरि १२ बाह्र लाख दुइशय पचास गरी जम्मा १५ पन्ध्र लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक सन्तोष कुमार खड्काले बताए ।