असाेज। १६ ।बुधबार
रबिन्द्र बराल
माेरङकाे जिल्ला अस्पतालकाे रुपमा रहेकाे रंगेली अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ ।
अस्पतालबाट दैनिक ५सय देखि ७सय सम्म बिरामीहरूले सेवा समेत लिँदै आइरहेका छन् । पछिल्लो समयमा रंगेली अस्पतालले सेवा सुविधा बडेपछि अहिले अस्पतालबाट सेवा लिने हरुकाे घुईचाे लाग्न थालेकाे छ। रंगेली नगरपालिका, सुनबर्सी नगरपालिका ,रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका, कानेपोखरी गाउँपालिका गरि ५ पालिका भित्रका लगभग ५० हजार बराबर ले स्वास्थ बिमा बाट उपचार गराउदै आईरहेका छन ।
भने उक्त अस्पतालमा सिमा क्षेत्रमा रहेका भारतीय हरुले समेत साे अस्पताल बाट सेवा लिदै आईरहेका छन । पछिल्लो समयमा रंगेली नगरपालिकाले समेत नगर भित्रका अतिविपन्न घरपरिवारका २२ सय घर घुरीकाे निशुल्क रुपमा स्वास्थ्य बिमा समेत गरेकाे छ । स्वास्थ्य विमाले समयमै अस्पतालमा रकम निकाशा नगर्दा सेवा नै बन्द हुन सक्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा वसन्त कुमार मंण्डल ले बताए । लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा बिरामीको लागि औषधि खरिद लगायतका अन्य समाग्रीहरु समेत खरिद गर्नु पर्ने भएता पनि २०८० माघ महिना देखि हाल असाेज १४ गतेसम्म बिमा रकमा बापत ५ कराेड ३३ लाख १७ हजार ३४ रुपैयाँ बिमा कम्पनी बाट भुक्तानी पाउने भएता पनि आफू हरुले बारम्बार परिपत्र गर्दे समेत बिमा कम्पनीले भुक्तानी गर्ने आलटाल गरेको कारण तिहार सम्म मात्रै अस्पताल प्रसाशनले धान्न सक्ने सुचाना अधिकृत बिकाश पाेख्रेलले बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटुवालका अनुसार बीमा कम्पनीले निजी अस्पतालहरूलाई राजनीतिक पाेहुचकाे आधारमा र मन्त्रालयकाे मिलेमतोमा भुक्तानी गर्ने गरेको तर सरकारी अस्पताललाई हेला गरेर कुनै पनि भुक्तानी नगर्ने गरेको उनले आरोप समेत लगाएका छन्। बिमा कम्पनीले समयमै भुक्तानी नगरेमा तिहार पछि आफुहरुले समेत विमा सेवा बन्द गर्नुपर्ने अवस्था सृजना हुने कटुवाल ले बताए । रंगेलीका मेयर दिलिप बगडियाका अनुसार बिगतका दिनहरुमा बिरामीहरुकाे चपा कम रहेकाे समयमा मासिक २५ लाख रुपैयाँ बिमाकाे क्लेम हुने गरेकाे थियोे । तर केही महिनायता मासिक रुपमा १ कराैड रुपैयाँ सम्म बिमा रकम हुने भएको ले बिमा कम्पनी लाई आफुहरुले बारम्बार जानकारी गराउदा समेत हाल सम्म रकम निकासा नभएको उनलेे बताए । आफुहरुले धान्न सक्ने जति गरिव परिवार लाई विमा बापत उपचार गराउने नै छाै तर विमा कम्पनी ले रकम नपठाए सेवा बन्द नै गर्नु पर्ने अवस्था आए पछि बन्द समेत गर्ने र अहिले पनि आफुहरुले ओैषधि खरिद गरेकाे रकम समेत भुक्तानी गर्ने नसकेकाे उनलेे बताए ।
फर्मेसि ईन्चार्ज सुरज चाैधरीका अनुसार अहिले आफुहरु संग ६० प्रतिशत मात्रै ओैषधी रहेकाे र डाक्टर काे पुर्जा अनुसार आफुहरुले ओैषधि नभएको भनेर बिरामी हरुलाई जानकारी गराउदा बिरामी हरुले हामीलाई नराम्रो वचन लगाउदै आईरहनु भएको चाैधरीले बताए । स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सरकारले सूचीबाट हटाइएको छ । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले सूचीबाट हटाउने निर्णय गरेको छ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने घोषणा गरेको थियो । प्रतिनिधिसभाबाट १३ असारमा पास भएको आर्थिक वर्ष २०८०/८१ को बजेटको बुँदा नं. २३८ मा ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ ।
तर निजि अस्पताल लाई स्वास्थ्यविमा बन्द गराएता पनि सरकारी अस्पताल लाई किन महिनाै देखि बिमा रकम भुक्तानी गर्ने नसकेकाे के अब गरिव जनता लाई विमाकाे प्रलोभन देखाएर उनिहरुमाथी किन अन्याय गर्ने खाेजेकाे समयमै रकम भुक्तानी गर्ने सबै पक्षहरुले ध्यान दिनुपर्ने देखिन्छ । बोर्डले बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (बिर्तामोड), लाइफ लाइन अस्पताल (झापा), मेची नेत्रालय (झापा), नोबेल मेडिकल कलेज (विराटनगर), विराट मेडिकल कलेज एण्ड रिसर्च सेन्टर (विराटनगर), चितवन मेडिकल कलेज (भरतपुर), नेशनल मेडिकल कलेज (वीरगञ्ज), शुभस्वस्तिक अस्पताल (बर्दिवास) र नेपाल आँखा प्रतिष्ठान (भैरहवा)ले सेवा सूचिबाट हटाएको छ । यस्तै, राप्ती आँखा अस्पताल (दाङ), नेपालगञ्ज मेडिकल कलेज (बाँके), फत्तेवाल आँखा अस्पताल (बाँके), फुलकुमारी मेमोरियल हस्पिटल (सिरहा) र सगरमाथा चौधरी आँखा अस्पताल (सिरहा), लाल रत्न अस्पताल (कैलाली) लगायतका स्वास्थ्य संस्थालाई सूचिबाट हटाएको हो । बीमा बोर्डको तथ्यांक अनुसार स्वास्थ्य बीमाका लागि मुलुकभर ४सय६४ वटा स्वास्थ्य संस्था सूचीकृत छन्, जसमध्ये ५२वटा निजी स्वास्थ्य संस्था थिए र बीमा कार्यक्रममा उनीहरुको योगदान ३० प्रतिशत हाराहारी थियो ।